२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

सरकारले संसद्‌मा बलमिच्याइँ र तानाशाही प्रबृत्ति देखायो : कांग्रेस

काठमाडौँ — कांग्रेसले प्रतिनिधि सभामा सरकारले बलमिच्याइँ र तानाशाही प्रबृत्ति  देखाएको  भन्दै आपत्ति जनाएको छ ।  प्रतिनिधिसभामा अवरोधमाबीच प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाएपछि बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारको कार्यशैलीको समीक्षा गरेको हो । 

सरकारले संसद्‌मा बलमिच्याइँ र तानाशाही प्रबृत्ति देखायो : कांग्रेस

बैठकपछि पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सरकारले संसदीय मुल्य मान्यताको खिलाफमा गएको बताए ।

'नेपालको संसदीय मान्यतामा पनि संसद् विपक्षको हुन्छ भन्ने मान्यता स्थापित छ । आज सभामुखले विपक्षीलाई बोल्न दिनुभएन । बहुमतको सत्ताक पक्षको दम्भ देखियो । सत्तापक्ष असहिष्णु भयो संदसीय मुल्यमन्त्यताको खिलाफमा उभियो' प्रमुख सचेतक लेखकले भने,'हामी सरकारलाई लोकतन्त्रका मुल्यमान्यता विपरीत नजान चेतावनी दिन्छौं ।'


प्रकाशित : जेष्ठ ७, २०८१ १४:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x