सरकार परिवर्तनको कोसिस असफल भएपछि कांग्रेस बेचैन भयो : विष्णु पौडेल
एमाले उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्रीले संविधानअनुसार विश्वासको मत लिन खोज्दा विरोध गरेर कस्तो लोकतन्त्रको अभ्यास गरेको भन्दै कांग्रेससँग प्रश्न गरेका छन् ।
एमाले उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्रीले संविधानअनुसार विश्वासको मत लिन खोज्दा विरोध गरेर कस्तो लोकतन्त्रको अभ्यास गरेको भन्दै कांग्रेससँग प्रश्न गरेका छन् ।
आफूले विश्वासको मत लिने क्रममा प्रतिनिधिसभामा कांग्रेसले अवरोध गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल आक्रोशित रूपमा प्रस्तुत भएका छन् ।
कांग्रेसको विरोधकाबीच प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मतको प्रस्ताव पेस गर्न रोस्ट्रममा गएका छन् । उनले प्रस्ताव राख्दै छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने क्रममा गरेको अवरोधको मूल्य कांग्रेसले चुकाउनुपर्ने बताएका छन् । सोमबार विश्वासको मत मागिसकेपछि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो चेतावनी दिएका हुन् । कांग्रेसले आफूले विश्वासको मत लिँदा विरोध गरेर गल्ती गरेको बताए ।
आन्तरिक ऋण उठाउने प्रयोजनका लागि सरकारले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्न लागेको छ । सोही क्रममा विकास ऋणपत्र बिक्रीका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले गत साता नै सूचना आह्वान गरेको थियो । जसअनुसार आज (सोमबार) ऋणपत्र बिक्री हुने छ ।
हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति इब्राहिम रइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको मृत्यु भएको छ । आइतबार भएको हेलिकप्टर दुर्घटनामा राष्ट्रपति रइसी र विदेशमन्त्री अब्दुल्लाहियानको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन् ।
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा नौ सय रुपैयाँले वृद्धि भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले चौथो पटक विश्वासको मत पाएका छन् । तेस्रो कार्यकालमै प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत लिएका हुन् । सोमबार प्रधानमन्त्री दाहालले कांग्रेसको अवरोधका बीचमा विश्वासको मत लिएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक नेतृत्व कानुनभन्दा माथि हुन नसक्ने बताएका छन् । विश्वासको मत लिनुपूर्व प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सुशासनका क्षेत्रमा जनतामा आशा जागेको र कानुनको शासन स्थापित हुँदै गएको बताएका हुन् ।
सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले विश्वासको मत लिने गरी तय भएको सोमबारको बैठक प्रभावित नगर्न प्रमुख प्रतिपक्षी र प्रतिपक्षी दलहरूलाई अनुरोध गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाँकेको अध्यक्षमा नीरक गुरुङ विजयी भएका छन् । नयाँ कार्यसमितिका लागि आइतबार भएको निर्वाचनको आज विहान सार्वजनिक मतपरिणामअनुसार गुरुङले दुई सय ९१ मत प्राप्त गर्दा प्रत्यासी डिल्ली बिसीले एक सय ५४ मत पाए ।
विश्व प्रख्यात नेपाली आरोही कामीरिता शेर्पा ३० औं पटक सगरमाथाको चुचुरो पुग्न सोमबार बिहान आधारशिविरबाट उकालो लागेका छन् । सगरमाथामा सफल आरोहण भएको ७१ वर्षको इतिहासमा कामीरिता सबैभन्दा धेरै पटक आरोहण गर्ने संसारकै एक्ला आरोही हुन् । अघिल्लो आइतबार (वैशाख ३० गते) उनले २९ औं पटक सगरमाथामा सफल आरोहण गरेका थिए ।
मालपोत र नापी कार्यालयका कर्मचारीको मिलेमतोमा कैलालीको नारायणपुरस्थित सार्वजनिक जंगल व्यक्तिका नाममा कायम गरिएको भेटिएको छ । कैलालीको टीकापुर नगरपालिका (साविक नारायणपुर गाविस–८) स्थित कित्ता नं ९०८ को १५ बिघाको वन १३ वर्षअघि मिलेमतोमा व्यक्तिका नाममा कायम गरिएको पाइएको हो ।
हाल कोशी, मधेश, लुम्बिनी, कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिकदेखि मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गोर्खा मिडिया नेटवर्कमा विभिन्न सहकारीबाट आएको ऋणबारे आफूलाई कुनै जानकारी नभएको र त्यसप्रति आफ्नो उत्तरदायी नहुने दाबी संसद्मा पनि दोहोर्याएका छन् । उनले ऋण प्रमाणित हुने कुनै कागजमा हस्ताक्षर भए देखाउन चुनौती पनि दिएका छन् ।