२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०१

सहकारी ठगी आरोपमा गृहमन्त्रीको प्रतिरक्षामा एआईजी ज्ञवाली

गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक छँदा सहकारीको बचत अपचलन गरेको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख एआईजी श्याम ज्ञवाली देखिएका छन् ।

सँगै रुस गएका दाइ मारिए, भाइ दुई महिनादेखि अस्पतालमा

काठमाडौंमा घर, कञ्चनपुरको वेदकोटमा पनि घरजग्गा छ । एक छोरा, एक छोरी र श्रीमतीसँगै काठमाडौंमै बस्थे वेदकोट नगरपालिका–९ सुन्दरपुरका ४३ वर्षीय विराजन विष्ट । १० वर्ष नेपाली सेनामा काम गरेका उनी जागिर छाडेर रोजगारीका लागि सिंगापुर, यूएई पुगिसकेका थिए । उनका ३९ वर्षीय भाइ नीराजनले पनि गाउँमा पसल चलाउँदै एउटा बस पनि किनेका थिए । 

बीपी राजमार्गमा पर्ने खहरेखोलामा लेदो थुप्रिँदा सडक अवरुद्ध

गए रातिदेखि परेको पानीका कारण बीपी राजमार्ग अर्न्तगत विभिन्न स्थानमा पर्ने खहरेखोलामा लेदो थुप्रिँदा सडक अवरुद्ध भएको छ । लेदो र गेग्र्यान थुप्रिँदा राजमार्गमा दुईतर्फी यातायात सञ्चालन नै ठप्प भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रधानमन्त्रीको पक्षमा अब ६३ मत, २८ गते विश्वासको मत लिने

दुई ठूला दल कांग्रेस र एमालेबीच गठबन्धन भइसकेपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ मा पाँचौं पटक प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । कांग्रेस–एमाले दुवैले राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरे पनि त्यसलाई अटेर गर्दै दाहालले संवैधानिक अधिकार प्रयोग गरी विश्वासको मत लिन चाहेका हुन् ।

पृथ्वी राजमार्गका विभिन्न स्थानमा एकतर्फी सवारीसाधन सञ्चालन

शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डको सडकमा लेदो खसेर सवारीसाधन फसेपछि सडक अवरुद्व भएको छ ।

करेन्ट लागेर मधेशमा मात्र ५ वर्षमा ४४९ को मृत्यु

रौतहटको गरुडा–३, मलाही टोलकी ३० वर्षीया मनीषा सहनीलाई २०८० चैत २१ गतेको घटना सम्झिन पनि मन लाग्दैन । मकवानपुरको राक्सीराङ गाउँपालिका–९ खैराङस्थित कालिका माध्यमिक विद्यालयमा पढाउने उनका ४० वर्षीय पति मनोज त्यस दिन छुट्टीमा घर आएका थिए । तरकारी खेतीमा पानी लगाउन मोटर चलाउने क्रममा उनलाई करेन्ट लाग्यो । घटनाका बेला मनीषा र ६९ वर्षीय बुबा विश्वनाथ छेवैमा थिए । मोटरको तार छुँदा मनोज एक्कासि ढले । हारगुहार माग्दामाग्दै उनको प्राण उड्यो । 

बीपी र मध्यपहाडी लोकमार्ग अवरुद्ध

लगातारको वर्षापछि खसेको पहिरोले बीपी राजमार्ग र मध्येपहाडी लोकमार्ग शनिबार बिहानैदेखि अवरुद्ध भएको छ । बीपी राजमार्ग अन्तर्गत सुनकोसी गाउँपालिका-२ को कमेरेफाँटमा लेदोसहितको पहिरो खसेकाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

कोपा अमेरिका २०२४ : सडन डेथमा जित्दै क्यानाडा सेमिफाइनलमा

क्यानाडाले कोपा अमेरिका २०२४ मा शनिबार भेनेजुएलालाई सडन डेथमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ । अब अन्तिम चारको भिडन्तमा उसको सामना विश्व च्याम्पियन तथा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाविरुद्ध हुनेछ ।

आजको मौसम : देशैभर वर्षा 

मनसुनी वायुको प्रभावले देशभर पूर्णतया बदली रही वर्षा भइरहेको छ । वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाँकी प्रदेशका केही स्थानामा समेत वर्षा भइरहेको छ ।

हेटौंडा-काठमाडौं जोड्ने तीनवटै सडक पहिरोले अवरुद्ध

हेटौंडाबाट राजधानी प्रवेश गर्ने छोटो दुरीका तीनैवटा सडकमार्ग पहिरोका कारण अवरुद्ध भएका छन् । ललितपुर क्षेत्रमा गएको पहिरोले कान्ति लोकपथ अवरुद्ध भएको छ ।

 कांग्रेस संसदीय दलको बैठक बस्दै

नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ । उक्त बैठक नयाँ वानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा दिउँसो ३ बजे बस्ने तय भएको छ । 

संसदीय सुनुवाइ नहुँदै राजदूत सिफारिस हेरफेर हुने

कांग्रेस र एमालेबीच नयाँ समीकरण बनेसँगै त्यसको असर कूटनीतिक वृत्तमा पनि पर्ने देखिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने नयाँ सरकारले माओवादी–एमाले गठबन्धन सरकारबाट राजदूत सिफारिस भएकालाई हेरफेर गर्ने संकेत देखिएको हो ।

चेपाङमा कुपोषणको मार, साउनयता ४ बालबालिकाको मृत्यु

कुपोषणका कारण मकवानपुरको कैलाश गाउँपालिकामा चालु आर्थिक वर्षमा चार बालबालिकाको मृत्यु भएको छ । पाँच वर्षमुनिका २ बालिका र २ बालकको मृत्यु भएको हो । गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख कृष्ण यादवले गत साउनदेखि माघसम्म वडा ३, ४ र ७ का कुपोषणले ग्रस्त चार बालबालिकाको मृत्यु भएको बताए ।

जुम्लामा १९ वर्ष नपुग्दै १७ प्रतिशत किशोरी आमा

बालविवाह रोक्ने भन्दै आधा दर्जन गैरसरकारी संस्थाले घरदैलोमै पुगेर सचेतना फैलाइरहे पनि जुम्लाका १७ प्रतिशत किशोरी आमा बनेका छन् । जनस्वास्थ्य कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिले जुम्लामा १९ वर्ष नपुग्दै १७ प्रतिशत किशोरीहरू आमा बनेका छन् ।

Driving License Eligibility Test

Score 70% to be an eligible candidate for License Exam
Province News
युवकको मृत्यु प्रकरण : कुटपिटमा संलग्न तीनजना प्रहरीको नियन्त्रणमा

युवकको मृत्यु प्रकरण : कुटपिटमा संलग्न तीनजना प्रहरीको नियन्त्रणमा

लक्ष्मी गौतम

फिदिम नगरपालिका १४ का ३७ वर्षीय दिनेशकुमार राईको मृत्यु प्रकरण अनुसन्धानको क्रममा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा फिदिम १२ का दिनेश मगर, फिदिम १३ का विजय लिम्बू र फिदिम १४ का सुशील राई छन् ।

क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ६ जना पक्राउ

क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ६ जना पक्राउ

कान्तिपुर संवाददाता

क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । 

भोजपुर पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

भोजपुर पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

रासस

कोशी प्रदेशको पहाडी जिल्ला भोजपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । दुई नगरपालिका र सात गाउँपालिका रहेको जिल्लाका सबै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका मापदण्ड पूरा गरी उक्त घोषणा गरिसकेका थिए । 

फिदिममा सामूहिक कुटपिटमा घाइते भएका युवकको मृत्यु

फिदिममा सामूहिक कुटपिटमा घाइते भएका युवकको मृत्यु

लक्ष्मी गौतम

फिदिम नगरपालिका–१४ मा सामूहिक कुटपिटमा घाइते भएका ३७ वर्षीय दिनेश राइको ज्यान गएको छ ।गए राति स्थानीय धनकुमार राईको घरमा चिन्ता राख्ने कार्यक्रम हेर्न आएका दिनेशसहित ४ जनालाई २० जनाको समूहले कुटपिट गरेको थियो । 

खोटाङमा बाढीबाट ८५ र पहिरोबाट ४३९ घरधुरी अति जोखिममा

खोटाङमा बाढीबाट ८५ र पहिरोबाट ४३९ घरधुरी अति जोखिममा

डम्बरसिं राई

जिल्लामा बाढीबाट ८५ घरधुरी र पहिरोबाट ४३९ घरधुरी जोखिममा परेको जिल्ला प्रहरी कार्यालयले गरेको सर्वेक्षणले देखाएको छ । मातहतका प्रहरी युनिट मार्फत गरिएको सर्वेक्षणले बाढीबाट ८५ घरधुरीको ३२० जना र पहिरोबाट चार सय ३९ घरधुरीको एक हजार सात सय ६१ जना उच्च जोखिममा रहेको देखिएको हो ।

धनकुटामा ६ महिनाको अवधिमा ५६ मानवअधिकार उल्लंघन

धनकुटामा ६ महिनाको अवधिमा ५६ मानवअधिकार उल्लंघन

रमेशचन्द्र अधिकारी

विगत ६ महिनाको अवधिमा धनकुटामा ५६ वटा मानवअधिकार उल्लंघनका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बिहीबार आयोजना गरेको अर्धवार्षिक समीक्षा कार्यक्रममा उक्त तथ्यांक सार्वजनिक गरिएको हो ।

कोशी बाट थप
‘बर्खाको बुँद तल बित्छ जीवन’

‘बर्खाको बुँद तल बित्छ जीवन’

अवधेशकुमार झा

गत वैशाख १८ गते सप्तरीको महदेवा गाउँपालिका १ चिमटीमा भएको भीषण आगलागी पीडितहरुको अहिले बिचल्ली भएको छ । यादव, मुसहर र मुस्लिमको संयुक्त बस्तीका ६२ घरपरिवार आगलागीबाट खरानी भएको थियो । 

नहरमा डुबेर एक बेपत्ता

नहरमा डुबेर एक बेपत्ता

अवधेश झा

कोशी पश्चिमी नहरमा डुबेर शुक्रबार दिउँसो एक युवक बेपत्ता भएका छन् । सप्तरीको महदेवा गाउँपालिका ३ वथनाहाका २२ वर्षीय प्रदीप यादव बेपत्ता भएका हुन् ।

मुख्यमन्त्री सिंहलाई विश्वासको मत दिने एमाले मधेश प्रदेशको निर्णय

मुख्यमन्त्री सिंहलाई विश्वासको मत दिने एमाले मधेश प्रदेशको निर्णय

सन्तोष सिंह

नेकपा एमाले मधेश प्रदेशले मुख्यमन्त्री सतिशकुमार सिंहलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

जेलका साथी, बाहिर अपराधी

जेलका साथी, बाहिर अपराधी

सन्तोष सिंह

कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैदको सजाय माफी भएर २०७९ को संविधान दिवसमा छुटेका एक व्यक्ति फेरि गोली प्रहार गरी लुटपाट गर्ने संगठित अपराधको योजनाकारकोरुपमा पक्राउ परेका छन् ।

मानसिक सन्तुलन गुमाएर चार वर्षदेखि बेपत्ता रविन्द्रको पारिवारिक पुनर्मिलन

मानसिक सन्तुलन गुमाएर चार वर्षदेखि बेपत्ता रविन्द्रको पारिवारिक पुनर्मिलन

शंकर आचार्य

भारत झारखण्डस्थित नूरीडिह गाउँका ३२ वर्षीय रविन्द्र लोहरा ४ वर्षपछि घर परिवारको सम्पर्कमा पुगेका छन् । वीरगन्जस्थित मानव सेवा आश्रममा ५ महिना यता आश्रित उनलाई आश्रमका संरक्षक प्रकाश थारु र केन्द्रीय सदस्य देवेश प्रसाद गुप्ताले बिहीबार घरमै पुगेर आफन्तको जिम्मा लगाई पारिवारिक पुर्नमिलन गराएका हुन् । 

बजेट संशोधनको माग गर्दै प्रदेश सभा अवरुद्ध 

बजेट संशोधनको माग गर्दै प्रदेश सभा अवरुद्ध 

सन्तोष सिंह

मधेश प्रदेश सभा बैठक नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनता समाजवादी पार्टी (जसपा) र राप्रपाका सांसदहरुले अवरुद्ध गरेका छन् ।

मधेस बाट थप
निर्माणाधीन भोटेकोशी जलविद्युत् आयोजनामा बेपत्ता मजदुरको १३ घण्टापछि शव फेला

निर्माणाधीन भोटेकोशी जलविद्युत् आयोजनामा बेपत्ता मजदुरको १३ घण्टापछि शव फेला

अनिश तिवारी

भोटेकोशी गाउँपालिका-४ हिन्दीमा निर्माणाधीन ४० मेगावाटको भोटेकोशी-१ जलविद्युत् आयोजनाको डिसेन्डर कभर स्ल्याबमा फसेर बेपत्ता भएका दुई मजदुरको १३ घण्टापछि शव फेला परेको छ ।

भ्यानमा राखेर अवैध औषधि बिक्री, आरोपित २ जना पक्राउ

भ्यानमा राखेर अवैध औषधि बिक्री, आरोपित २ जना पक्राउ

रमेशकुमार पौडेल

जिल्ला प्रहरी कार्यालय आडैमा पर्ने भरतपुरको अस्पताल रोडमै बिना बिलबिजक अवैध औषधि बिक्री गरेको आरोपमा चितवन प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

आमाबुबाविहीन बालबालिकालाई बेथानचोकको आर्थिक सहयोग

आमाबुबाविहीन बालबालिकालाई बेथानचोकको आर्थिक सहयोग

ज्योती श्रेष्ठ

जिल्लाको बेथानचोक गाउँपालिकाले आमाबुबाविहीन बालबालिकालाई आर्थिक सहायता दिएको छ । आमाबुबाविहीन भएका १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सुरक्षा भत्ताअन्तर्गत प्रतिमहिना २ हजार रुपैयाँका दरले पालिकाका ९ जना बालबालिकालाई एकमुष्ठ २ लाख ११ हजार ४८० रुपैयाँ संरक्षण रकम प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । 

भोटेकोशी जलविद्युत्‌को डिसेन्डर कभर स्ल्याब भत्किँदा ७ जना घाइते, एकको उद्धार

भोटेकोशी जलविद्युत्‌को डिसेन्डर कभर स्ल्याब भत्किँदा ७ जना घाइते, एकको उद्धार

अनिश तिवारी

निर्माणाधीन भोटेकोशी-१ जलविद्युत् आयोजनाको डिसेन्डर कभर स्ल्याब भत्किँदा सात कामदार घाइते भएका छन् ।वर्ष दिन अघिबाट निर्माण सुरु गरिएको जलविद्युत्‌को डिसेन्डर कभर स्ल्याबको माथिल्लो संरचना भत्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

केन्द्रीय निर्देशन कुर्दै वाग्मतीमा कांग्रेस–एमाले

केन्द्रीय निर्देशन कुर्दै वाग्मतीमा कांग्रेस–एमाले

सुवास विडारी

वाग्मती प्रदेशमा नयाँ सत्ता समीकरणअनुसार सरकार गठन प्रक्रिया अगाडि बढाउन दलहरू केन्द्रीय निर्देशनको प्रतिक्षामा रहेका छन् ।

बर्खामा राजधानी यात्रा : पहिरोले कति पिरोल्ला ?

बर्खामा राजधानी यात्रा : पहिरोले कति पिरोल्ला ?

रमेशकुमार पौडेल

बर्खा लागेसँगै राजधानी जाने मुख्यमार्ग नारायणगढ–मुग्लिन सडकमा पहिरोको पिरलो सुरु भइहाल्छ । यो पटक पनि असार ८ देखि १८ गतेसम्म यो सडकमा सानाठूला तीनवटा पहिरो खसेर बाटो रोके । नारायणगढ–मुग्लिन सडकमात्रै हैन काठमाडौं पुग्ने पृथ्वीराजमार्ग र त्रिभुवन राजपथमा पनि बर्खायाममा पहिरोले बाटो थुन्ने हो कि भन्ने डर सुरु भएको छ । किनकि यो सडक खण्डमा विस्तारको काम चलिरहेको छ ।

वाग्मती बाट थप
पृथ्वी राजमार्गका विभिन्न स्थानमा एकतर्फी सवारीसाधन सञ्चालन

पृथ्वी राजमार्गका विभिन्न स्थानमा एकतर्फी सवारीसाधन सञ्चालन

सम्झना रसाइली

शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डको सडकमा लेदो खसेर सवारीसाधन फसेपछि सडक अवरुद्व भएको छ ।

गण्डक ब्यारेजमा पानीको सतह बढ्यो

गण्डक ब्यारेजमा पानीको सतह बढ्यो

नारायण शर्मा

गत बिहीबारदेखि लगातार पानी परेपछि त्रिवेणीस्थित गण्डक ब्यारेजमा पानीको सतह बढेको छ । शनिबार बिहान साढे ७ बजे त्रिवेणीस्थित जलमापन केन्द्रले दिएको सूचनाअनुसार पानीको सतह करिब १० मिटरको लेभलमा पुगेको छ । त्यहाँ पानीको सतह ११ मिटर पुगेपछि खतराको तह भन्ने बुझिन्छ ।

बेनी–जोमसोम सडक पहिरोले अवरुद्ध, अत्यावश्यक नभए यात्रा नर्गन प्रशासनको आग्रह

बेनी–जोमसोम सडक पहिरोले अवरुद्ध, अत्यावश्यक नभए यात्रा नर्गन प्रशासनको आग्रह

घनश्याम खड्का

लगातारको झरीपछि पहिरो झर्दा बेनी–जोमसोम सडकसमेत म्याग्दीका प्रमुख सडकमा यातायाात अवरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बेनी–जोमसोम सडकको रघुगंगा गाउँपालिका, ३ स्थित बैसरीपहिरो, सोही वडामा पर्ने सिरुवारी पहिरो, अन्नपूर्ण गाउँपालिका, ३ स्थित गुईठेभीर पहिरो र रुप्सेछहरामा झरेका पहिरोले यातायात अवरुद्ध भएका छन्।

नमुना सदरमुकाम निर्माणस्थलका ५ सय ५२ रुख कटान गरिने

नमुना सदरमुकाम निर्माणस्थलका ५ सय ५२ रुख कटान गरिने

नवीन पौडेल

पूर्वी नवलपरासीको कावासोतीमा निमार्ण हुन लागेको नमुना सदरमुकाम स्थलमा ५ सय ५२ वटा रुख कटान गरिने भएको छ । त्यसका लागि वन विभागमा प्रक्रिया अगाडि बढाइएको छ । सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरले जिल्ला प्रशासन कार्यालयसहित दुई वटा भवन निमार्णको ठेक्का लागेको छ ।

हिंसा पीडितलाई उपचार न परामर्श

हिंसा पीडितलाई उपचार न परामर्श

प्रकाश बराल

आफन्तबाटै बलात्कारमा परेकी एक बालिका अल्पकालिन महिला सेवा केन्द्रमा एक महिना बसेर शारीरिक चोटपटकको उपचार गराइन् । तर उनको मानसिक समस्याको उपचार गर्न धेरै समय लाग्यो । 

खोलाले बगाउँदा ७४ वर्षीय वृद्धको ज्यान गयो

खोलाले बगाउँदा ७४ वर्षीय वृद्धको ज्यान गयो

कान्तिपुर संवाददाता

खोलामा आएको बाढीले बगाउँदा स्याङ्जामा ७४ वर्षीय एक वृद्धको ज्यान गएको छ । 

गण्डकी बाट थप
पाल्पाका सिद्धार्थ राजमार्ग र तानसेन–रिडी सडक पहिरोले अवरुद्ध

पाल्पाका सिद्धार्थ राजमार्ग र तानसेन–रिडी सडक पहिरोले अवरुद्ध

माधव अर्याल

शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण ठाउँठाउँमा पहिरो जाँदा पाल्पाका सिद्धार्थ राजमार्ग र तानसेन–रिडी सडक अवरुद्ध भएको छ । यस्तै, कालीगण्डकी करिडोर, आर्यभन्ज्याङ–रामपुर सडक पनि बन्द भएको प्रहरीले जनाएको छ । 

बबई नदीमा महिलाको शव फेला

बबई नदीमा महिलाको शव फेला

कमल पन्थी

बर्दियाको गुलरिया नगरपालिका–२ बैरियाघाटस्थित बबई नदीको बीच भागमा महिलाको शव फेला परेको छ । 

भारतबाट उद्धार गरिएका छ जना महिलालाई आफन्तको जिम्मा

भारतबाट उद्धार गरिएका छ जना महिलालाई आफन्तको जिम्मा

माधव ढुंगाना

भारतीय सुरक्षा निकायको सहयोगमा भारतीय सीमा नाकाबाट उद्धार गरिएका छ जना नेपाली महिलालाई रुपन्देही प्रशासनले शुक्रवार आफन्तको जिम्मा लगाएको छ ।

गौतमबुद्ध मुटु अस्पतालबाट एक हजार जनालाई  एन्जियोप्लाष्टी सेवा

गौतमबुद्ध मुटु अस्पतालबाट एक हजार जनालाई  एन्जियोप्लाष्टी सेवा

घनश्याम गौतम

बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको क्याथ ल्याबबाट १ हजार जनाले सफल एन्जियोप्लाष्टी सेवा पाएका छन् । काठमाण्डौं बाहिर मुटु रोगको भरपर्दो सेवा प्रदान गरिरहेको गौतमवुद्ध सामुदायिक मुटु अस्पतालले २०७४ बैशाखदेखि क्याथ ल्याब संचालन गरेको थियो । 

आठ किलो चाँदीसहित सुनका गहना बरामद

आठ किलो चाँदीसहित सुनका गहना बरामद

दीपेन्द्र बडुवाल

प्रहरीले भन्सार छलेर मुलुक भित्र्याइएका ८ किलो चाँदीसहित ७ तोला सुनका गहना बिहीबार साँझ बरामद गरेको छ । रुपन्देहीस्थित इलाका प्रहरी कार्यालय धकधहीबाट खटिएको टोलीले रोहिणी गाउँपालिका–७, बाट उक्त परिमाणका विभिन्न थरी गहना बरामद गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले जानकारी दिए ।

लुम्बिनी प्रदेशसभाको बैठक स्थगित

लुम्बिनी प्रदेशसभाको बैठक स्थगित

वीरेन्द्र केसी

केन्द्रमा सत्ता फेरिएपछि पूर्वनिर्धारित लुम्बिनी प्रदेशसभाको चौँथो अधिवेशनका लागि २४ औं बैठक स्थगित भएको छ ।

लुम्बिनी बाट थप
पहिरोले शनिबार बिहानैदेखि राप्ती राजमार्ग अवरुद्ध 

पहिरोले शनिबार बिहानैदेखि राप्ती राजमार्ग अवरुद्ध 

विप्लव महर्जन

अविरल वर्षाका कारण कपुरकोट बजार नजिकै चोरखोलामा पहिरो जाँदा राप्ती राजमार्ग अवरुद्ध भएको छ । 

मध्यपहाडी लोकमार्गको रुकुम खण्डमा जोखिम, अत्यावश्यक बाहेक यात्रा नगर्न अग्रह

मध्यपहाडी लोकमार्गको रुकुम खण्डमा जोखिम, अत्यावश्यक बाहेक यात्रा नगर्न अग्रह

महेश केसी

रुकुम पूर्व र पश्चिमलाई मुख्य राजमार्ग र सहरसँग जोड्ने राप्ती लोकमार्ग र मध्यपहाडी राजमार्गको यात्रा बर्खायाममा जोखिपूर्ण हुने गरेको छ । तुलनात्मक रुपमा राप्ती लोकमार्गभन्दा मध्यपहाडी राजमार्ग यतिबेला जोखियुक्त छ ।

बन्दुक देखाई महिलालाई बलात्कार गर्ने पक्राउ 

बन्दुक देखाई महिलालाई बलात्कार गर्ने पक्राउ 

विप्लव महर्जन

सल्यानमा भरुवा बन्दुक देखाई महिलालाई बलात्कार गर्ने एक जना पक्राउ परेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका ३ टोटके निवासी ४२ वर्षीय टोपबहादुर वली पक्राउ परेका हुन् ।  

निर्माणाधीन पुल भत्किँदा कामदारको मृत्यु

निर्माणाधीन पुल भत्किँदा कामदारको मृत्यु

डीबी बुढा

पातारासी गाउँपालिकामा निर्माणाधीन पुल भत्किँदा एक जना कामदारको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । पातारासी गाउँपालिका-१ स्थित डलिगाड खोलामा निर्माणाधीन अवस्थामा रहेको पुल भत्किएको हो । पुल भत्किँदा च्यापिएर पातारासी गाउँपालिका-१ का ५३ वर्षीय रन बुढाको घटनास्थलमै मृत्यु भएको हो । 

जुम्लाका १७ प्रतिशत किशोरी आमा 

जुम्लाका १७ प्रतिशत किशोरी आमा 

डीबी बुढा

बालविवाह रोक्न गाउॅबस्तीमा अभियानहरु चलिरहेका छन् । धमाधम वडाहरु बालविवाहमुक्त घोषणा गर्ने क्रम चलिरहेको छ । बालविवाह रोक्न भन्दै आधा दर्जन गैरसरकारी कार्यालयहरुले घरदैलोमै पुगेर सचेतना फैलाइरहेका छन् । स्थानीय सरकारहरु पनि बालविवाह रोक्न भन्दै ऐन कानुनहरु बनाइरहेका छन् । तर अहिलेसम्मका सबै प्रयास असफल जस्तै देखिएको छ । 

वर्षाले मुगु र हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध 

वर्षाले मुगु र हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध 

राजबहादुर शाही

हिमाली जिल्ला मुगु र हुम्लामा वर्षाले गर्दा तीन दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ । साताअघिदेखि निरन्तर वर्षा हुन थालेपछि मुगु र हुम्लाका लागि बाँकेको नेपालगन्जबाट हुने उडान अवरुद्ध भएको हो ।

कर्णाली बाट थप
बाढीको जोखिमले १४ परिवार विस्थापित

बाढीको जोखिमले १४ परिवार विस्थापित

मनोज बडू

मार्मा गाउँपालिकाको गन्याड खोलाको बाढीले बस्ती जोखिममा पारेपछि १४ परिवार विस्थापित भएका छन् । दुई दिनदेखिको लगातारका वर्षाका कारण मार्मा गाउँपालिका–४ र ५ को बीचको गन्याड खोलाको बाढीको जोखिमका कारण आसपास बस्तीका ९२ जना घर छाडेर विद्यालयमा बास बसेका छन् । 

पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध, सेती नदीको जलस्तर बढ्यो 

पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध, सेती नदीको जलस्तर बढ्यो 

वसन्तप्रताप सिंह

लगातारको वर्षापछि पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बझाङलाई अन्य जिल्लासँग जोड्ने एक मात्र राजमार्ग बन्द भएपछि जिल्लाभरीको आवागमन प्रभावित भएको छ । 

सुदूरपश्चिम सरकारबाट बाहिरिने एमालेको निर्णय 

सुदूरपश्चिम सरकारबाट बाहिरिने एमालेको निर्णय 

अर्जुन शाह

नेकपा (एकीकृत समाजवादी) नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा मुख्य साझेदार दल नेकपा (एमाले)ले समर्थन फिर्ता लिने निर्णय गरेको छ । साथै मन्त्रीहरुले राजीनामा दिने निर्णय गरेका छन् । 

बाढी बस्तीमा पसेपछि भजनी नगरक्षेत्र जलमग्न

बाढी बस्तीमा पसेपछि भजनी नगरक्षेत्र जलमग्न

रासस

कन्द्रा र काढा नदीको बाढी बस्तीमा पसेपछि कैलालीको भजनी नगरपालिका जलमग्न भएको छ । घर डुबानमा परेपछि भजनीवासीको विचल्ली भएको छ । भजनीमा सबै वडा बाढीले जलमग्न भएका नगर प्रमुख केवल चौधरीले जानकारी दिए ।

किन भयो सुदूरपश्चिममा ८५ विद्यालयको नतिजा शून्य ?

किन भयो सुदूरपश्चिममा ८५ विद्यालयको नतिजा शून्य ?

अर्जुन शाह

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सातै प्रदेशमध्ये सबैभन्दा कमजोर नतिजा आएको  सुदूरपश्चिमबाट ३१.३८ प्रतिशत मात्र उतीर्ण भएका छन् । प्रदेशका ८५ विद्यालयबाट एक जना विद्यार्थी पनि उतीर्ण हुन सकेनन् । अर्थात ती विद्यालयबाट परीक्षा दिने सबैको नतिजा एनजी (कक्षा ११ मा भर्ना हुन अयोग्य) आयो । 

विद्युत सर्ट हुँदा गोठमा आगलागी

विद्युत सर्ट हुँदा गोठमा आगलागी

मनोज बडू

बैतडी जिल्लाको सुर्नया गाउँपालिका–३ डुङरीमा विद्युत सर्ट भइ गोठमा आगलागी भएको छ । सोमबार राति स्थानीय हिक्मत ऐरीको ढुंगा, माटो र काठले बनेको दुईतले गोठमा आगलागी भएको प्रहरीले जनाएको छ । 

सुदूरपश्चिम बाट थप

बर्खा लागेपछि सुस्तायो विद्युतीय तार भूमिगत गर्ने काम

नेपाल विद्युत् प्राधिकरणले ०७६ फागुनबाट सुरु गरेको काठमाडौं उपत्यकाका विद्युत् तार भूमिगत गर्ने काम बर्खा लागेसँगै सुस्ताएको छ । सडक विभागले असार, साउन र भदौमा नयाँ ठाउँमा खन्न नदिने हुँदा विद्युत् तार भूमिगत गर्ने काम सुस्ताएको हो । यद्यपि अहिले खनिसकेका ठाउँमा केबल तान्ने र फिनसिङ गर्ने काम भने जारी रहेको प्राधिकरणले जनाएको छ । 

विम्बल्डन २०२४ : कडा संघर्ष गर्दै अल्कारेज अन्तिम १६ मा

डिफेन्डिङ च्याम्पियन कार्लोस अल्कारेजले शुक्रबार अमेरिकाका फ्रान्सेल टिफोएलाई पाँच सेटको कडा प्रतिस्पर्धात्मक खेलमा पराजित गर्दै विम्बल्डन २०२४ को अन्तिम १६ मा प्रवेश गरेका छन् ।

युरो २०२४ : सेमिफाइनलमा स्पेन र फ्रान्स भिड्ने

आयोजक जर्मनी युरो २०२४ बाट शुक्रबार बाहिरिएको छ । स्पेनले अन्तिम आठको खेलमा जर्मनीलाई २–१ ले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । अब अन्तिम चारमा स्पेनको सामना फ्रान्ससँग हुनेछ । फ्रान्सले अर्को अन्तिम आठको खेलमा पोर्चुगललाई टाइब्रेकरमा ५–३ ले हरायो ।

अनुभवी इंग्लिस र जोसिलो स्विसको जम्काभेट

इंग्ल्यान्डको यस युरोमा सपना समाप्त भएकै स्थिति थियो । धन्न, जुड बेलिङ्घमको सुन्दर गोलले टोलीको प्रतिष्ठा जोगियो । यो भयो अन्तिम १६ को कथा । इंग्ल्यान्डले शनिबार क्वाटरफाइनलमा स्विट्जरल्यान्डको सामना गर्दै छ ।

बर्लिनमा टर्कीलाई समर्थकको साथ

नेदरल्यान्ड्सले युरोको अन्तिम १६ मा रोमानियामाथि प्राप्त जित नियमित प्रक्रियामा जस्तै थियो । त्यसलगत्तै टर्की भने अस्ट्रियामाथि रणनीतिक जित हात पार्न सफल रह्यो ।

‘अतिवादी इसारा’ मा डेमिरलमाथि प्रतिबन्ध

टर्कीका डिफेन्डर मेरिह डेमिरलले युरोको शनिबार नेदरल्यान्ड्सविरुद्ध हुने क्वाटरफाइनल गुमाउने भएका छन् । युरोपेली फुटबल महासंघ (यूईएफए) ले उनलाई दुई खेलको प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

नयाँ भर्सनमा ‘कलेजी कटाउन्या माया’

 एक दशकअघिको चर्चित गीत ‘कलेजी कटाउन्या माया’ नयाँ भर्सनमा सार्वजनिक भएको छ । उक्त गीत करिब दस वर्षअघि गायक तथा संगीतकार महेशकुमार औजीले बजारमा ल्याएका थिए । खासगरी, सुदूरपश्चिम र कर्णालीमा निकै चर्चामा आएको गीत नयाँ स्वरूपमा बजारमा ल्याइएको हो ।

सन् १९४६ मा आजकै दिन : अमेरिकी पूर्वराष्ट्रपति बुसको जन्म 

सन् १९४६ मा आजकै दिन (जुलाई ६) मा अमेरिकाका पूर्वराष्ट्रपति जर्ज डब्लू बुसको जन्म भएको थियो । उनी अमेरिकाका ४३ औं राष्ट्रपति हुन् । बुसले २००१ जनवरी २० देखि २००९ जनवरी २० सम्म दुई कार्यकाल राष्ट्रपतिको पद सम्हालेका थिए । 

बेलायतमा लेबर पार्टीका नेता किअर स्टार्मर बने नयाँ प्रधानमन्त्री

बेलायतमा लेबर पार्टीका नेता  किअर स्टार्मर प्रधानमन्त्री बनेका छन् । बिहीबार सम्पन्न संसदीय निर्वाचनमा लेबर पार्टीले ४१२ सिटसहित भारी बहुमत प्राप्त गरेपछि स्टार्मर प्रधानमन्त्री नियुक्त भएका हुन् ।

१४ वर्षपछि लेबर पार्टीलाई बेलायती सत्तामा फर्काउने स्टार्मर को हुन् ?

बेलायतमा बिहीबार भएको निर्वाचनको मतपरिणाम घोषणा अन्तिम अवस्था पुगिरहँदा प्रतिपक्षी लेबर नेता किअर स्टार्मर नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको छ । लेबर पार्टीले ४१२ सिट जितिसकेको छ । २०१९  मा भन्दै झन्डै दोब्बर बढी सिट जितेको लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्कंदैछ र प्रधानमन्त्री बन्दैछन् स्टार्मर ।

बेलायती आम चुनाव : लेबर पार्टीलाई बहुमत, किअर स्टार्मर प्रधानमन्त्री बन्दै

बेलायतमा झन्डै १४ वर्षपछि लेबर पार्टी सत्तामा फर्कने भएको छ । बिहीबार भएको आम चुनावको नतिजा आउने क्रम जारी छ । अहिलेसम्म घोषित परिणामअनुसार लेबर पार्टीले बहुमत ल्याइसकेको छ ।

विनाशकारी तुफानको अध्ययन गर्न समुद्रमा ड्रोन तैनाथ

ओटिस तुफान सन् २०२३ अक्टोबर २५ मा दक्षिण मेक्सिकोको समुद्री तटमा देखापरेको थियो, जसले प्रतिघण्टा १६५ माइलको गतिमा केही सहरमा क्षति पुर्‍यायो । यो समुद्री तुफानका कारण कम्तीमा २७ जनाको मृत्यु भयो भने मेक्सिकोको पर्यटकीय तथा बन्दरगाह सहर आकापुल्कोमा पनि ठूलो क्षति पुग्यो । 

स्वास्थ्य सेवा सुधार्न खटेका खरेल

गुल्मीको आँपचौरका रामु खरेल त्यतिबेला मात्र सात वर्षका थिए । कुरा २०५३ सालको हो, गाउँमा चिठी बाँड्दै आएका हुलाकीले कराउँदै भने, ‘खरेल तिम्रा बुबालाई डीभी पर्‍यो । अब तिमीहरू पनि अमेरिका जान पाउँछौं ।’ त्यतिबेला डीभी त परै जाओस्, अमेरिका पनि सुनेका थिएनन् खरेलले । त्यसैले उनलाई हुलाकीका कुरामा चासो हुने कुरै भएन । 

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.