जमाना डिजिटल सिग्नेचरको
कीर्तिपुर नगरपालिकाले इलेक्ट्रोनिक बिल्डिङ (ई–बीपीएस) प्रणालीमार्फत अनलाइनबाटै भवन निर्माण अनुमति वा नक्सा पास सेवा दिन थालेको झन्डै एक दशक भयो । २०७७ सालमा नगरपालिकाले डिजिटल हस्ताक्षर लागू गरेयता नक्सा पास गर्न कीर्तिपुरवासीले कार्यालय धाइरहनुपरेको छैन ।