कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

नेपाल र अर्मेनियाकाे चेम्बरले व्यापार एवं सूचना प्रविधिमा सहकार्य गर्ने 

काठमाडौँ — नेपाल चेम्बर अफ कमर्स र अर्मेनियाको चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीबीच आर्थिक क्षेत्र र सूचना प्रविधिमा सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा चेम्बर अफ कमर्सका कार्यकारी सदस्य पंकज जालान र अर्मेनिया चेम्बर अफ कमर्सका कार्यकारी निर्देशक एन्ड्रानिक अलेक्सान्यनले हस्ताक्षर गरेका हुन् । 

नेपाल र अर्मेनियाकाे चेम्बरले व्यापार एवं सूचना प्रविधिमा सहकार्य गर्ने 

दुई मुलुकका चेम्बरबीच व्यापार सहजीकरण, आर्थिक एवं प्राविधिक सम्वन्ध विस्तार लयायतका विभिन्न ८ विषयमा सहकार्यको सम्झौता भएको हो । ‘संयुक्त लगानीमा उत्पादित वस्तुहरुको घरेलु र तेस्रो बजार खोज्नका लागि सहकार्य गने विषयमा पनि सम्झौतामा हस्ताक्षर भएको’ विज्ञप्तिमा उल्लेख छ ।

नेपालको कृषि, पर्यटन क्षेत्रमा लगानीका लागि समेत सहमति भएको कार्यकारी सदस्य जालानले बताए । नेपाल र अर्मेनियाका उद्योग एवं वाणिज्य क्षेत्रका प्रतिनिधीले एक अर्काको देशमा गर्ने व्यवसायिक भ्रमणका लागि पनि सहजिकरण गर्ने सहमति भएको छ । वैदेशिक व्यापार र औद्योगिक उत्पादन क्षेत्रमा भएका अनुसन्धान आदानप्रदान गर्ने पनि दुवै देशका चेम्बरबीच सहमति भएको छ ।

नेपाल र अर्मेनियाबीच आर्थिक र व्यापारिक क्षेत्रमा भएको सहमति तत्कालै कार्यन्वयनमा आएको चेम्बरले उल्लेख गरेको छ । नेपाल र अर्मेनियाबीच सन १९९३ मार्चमा कुटनीतिक सम्वन्ध स्थापना भएको थियो ।

प्रकाशित : जेष्ठ ४, २०८१ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधनकै दिन शीर्ष नेता र सांसदहरूको उल्लेख्य अनुपस्थिति रहनुलाई के भन्नुहुन्छ ?

x