तथ्यपूर्ण सूचना सम्प्रेषणबाट मात्रै विश्वसनीयता कायम हुन्छ : पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भाषिक तथा सांस्कृतिक विविधताको संरक्षण गर्नु आवश्यकता औँल्याएकी छन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भाषिक तथा सांस्कृतिक विविधताको संरक्षण गर्नु आवश्यकता औँल्याएकी छन् ।
हुम्ला सदरमुकाम सिमकोटमा पहिलो पटक बस पुगेको छ । चीनको बाटो भएर एक वर्ष अगाडि हिल्सा पुगेको बस हिल्सा सिमकोट सडकको च्याछहरा खण्डमा सडक चौडा भएसँगै पहिलो पटक हुम्ला सदरमुकाम सिमकोट पुगेको हो ।
फालेलुङ गाउँपालिकामा आयोजित साहित्यिक, सांस्कृतिक महोत्सवमा यहाँका विभिन्न जात जाति र भाषाभाषीको संस्कृतिमा आधारित भेषभुषा, कला सस्कृति र लोक नृत्यहरु प्रस्तुत गरिएको छ । फालेलुङ वाङमय प्रतिष्ठानले आयोजना गरेको महोत्सवमा अल्पसंख्यक दमाई जाति र बाहुनदेखि गुरुङ हुँदै लिम्बू,राई र मगर समुदायमा आधारित सांस्कृतिक झाँकी र लोक नृत्य प्रदर्शन गरियो ।
मुगुम कार्मारोङ गाउँपालिकामा यो पटक यार्चा संकलकबाट ६९ लाख ५२ हजार ५ सय राजश्व संकलन भएको छ । अझै पनि संकलकहरु आउने क्रम रहेकाले राजश्व संकलनको क्रम निरन्तर छ ।
सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि व्यक्त गरेका छन् । शनिवार संसद् भवनको ल्होत्से हलमा बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्तारुढ दलहरुसँग परामर्श नगरी बजेट ल्याइएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
सरकारले सरकारी स्वास्थ्य संस्थामा उपचार तथा शल्यक्रियाका लागि लामो समयसम्म पालो पर्खनुपर्ने अवस्था अन्त्य गर्नका लागि अध्ययन गरी प्रतिवेदन पेस गर्न उच्चस्तरीय समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार मन्त्रिस्तरीय निर्णयबाट अतिरिक्त स्वास्थ्य सचिव डा दिपेन्द्ररमण सिंहको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।
नेपाली कांग्रेसका नेता एनपी साउदले संगठनलाई कमजोर बनाएर पार्टी मजबुत हुन नसक्ने बताएका छन् । कांग्रेस सुर्खेतले शनिबार गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले संगठनलाई एकढिक्का बनाएर मात्रै पार्टी मजबुत हुने बताए ।
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले ‘श्रमाधान रोजगार मेला’ श्रम क्षेत्रका समस्या समाधानको उपायकारूपमा सुरू गरिएको बताएका छन् ।