२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

गर्मी झनै बढेपछि विद्यालयको बिदा थप

रूपा गहतराज

नेपालगन्ज — अत्यधिक गर्मी बढेपछि नेपालगन्जमा विद्यालयमा दिइएको बिदा थप गरिएको छ । जेठ १५ गतेदेखि १९ गतेसम्मका लागि दिइएको बिदालाई थप गरेर जेठ २० गतेदेखि असार ७ गतेसम्म पुर्‍याइएको छ ।

गर्मी झनै बढेपछि विद्यालयको बिदा थप

विद्यालयको क्यालेन्डरमा उल्लेख गरिएको गर्मी बिदा समेत मिसाएर जेठ २० गतेदेखि असार ७ गतेसम्म नेपालगन्ज उपमहानगर भित्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको उपमहानगरको शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख गोर्खबहादुर थापाले बताए ।

अहिले नेपालगन्जको तापक्रम ४४ डिग्री सेल्सियस नाघेको छ ।

प्रकाशित : जेष्ठ १९, २०८१ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मंसिरदेखि दूधको भुक्तानी नपाएपछि विरोधमा उत्रिएका किसानमाथि प्रहरीले धरपकड गरेकोबारे तपाईंको के टिप्पणी छ ?

x