कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

बुटवलको डेल्टा कम्प्लेक्समा आगलागी, निभाउने प्रयास जारी

बुटवल — बुटवलको मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा आगलागी भएको छ । केहीबेर अघि लागेको आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीको आशंका छ ।

बुटवलको डेल्टा कम्प्लेक्समा आगलागी, निभाउने प्रयास जारी

डेल्टा कम्प्लेसको चौथो तल्लामा लागेको आगो बुटवल उपमहानगरपालिका, नेपाल प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा निभाउने प्रयास भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए ।

आगलागी नियन्त्रणका लागि रुपन्देहीका ५ वटा दमकल आगलागी स्थलमा पुगेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी मनोहर भट्टले जानकारी दिए ।

डेल्टा भवनमा विद्यालयका तयारी पोसाक, खेलकुदका सामग्री र विभिन्न विद्यालयका पाठ्यपुस्तक बिक्री हुँदै आइरहेको छ । आगलागी खेलकुदका सामाग्री रहेको चौथो तलाबाट सुरू भएको संचालक घनश्याम पाठकले बताए ।


प्रकाशित : असार ६, २०८१ २०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×