सीमा जोडिएको पश्चिम नवलरासीको सीमावर्ती दशगजा क्षेत्रमा भारतीय पक्षले अस्थायी चेक पोस्ट स्थापना गरेको छ । दशगजा क्षेत्र नेपाल–भारत दुवै पक्षले प्रयोग गर्न नपाइने भए पनि यहाँ भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नियमविपरीत स्थापना गरेको हो । भारतको उत्तर प्रदेश र विहारसँग जिल्लाको सीमा जोडिएको छ ।
व्यापारीले भन्दा सरकारले धानको मूल्य बढी निर्धारण गरेपछि यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्यालयमा धान बिक्री गर्ने किसानको भीड लागेको छ । सरकारले यस वर्ष समयमै मूल्य निर्धारण गरेर खरिद सुरु गरेपछि भीड लागेको हो ।
त्रिभुवन आर्मी क्लबका धावक नवराज साउदले पाँचौं नेपालगन्ज म्याराथनको उपाधि जितेका छन् । शनिबार उनले निर्धारित ४२.१९५ किलोमिटर दूरी २ घण्टा २५ मिनेट ४२ सेकेन्डमा पूरा गरेका थिए । उनले ६५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
पालगन्ज उपमहानगरपालिका ८, गगनगन्जकी सबिना हलवाई १८ वर्षकी भइन् । किशोर उमेरसम्म विद्यालय पुगेकी थिइनन् । साथीहरू ठाँटिएर विद्यालय जाँदा उनलाई पढ्ने मन नलागेको होइन । त्यो चाहना दबाएर राखिन् । बुवा अरूको पसलमा कपडा सिलाउँछन् । आमा घरधन्दामा व्यस्त । कसैले पढ्न हौंसाला दिएनन् ।
बाँकेको बैजनाथ गाउँपालिका–४, बानियाँभारको पशु कृषि हाटबजार यसरी नै महिनाका दुई शनिबार देउडामय हुने गर्छ । मानिस लस्करै लाइन लाग्छन् । गोलो घेरामा मूलीले भट्याउँछन् । महिला र पुरुषले साथ दिएपछि सुरु हुन्छ देउडा नाच ।
बाँकेको बैजनाथ गाउँपालिका–४, बोरिङ बस्तीकी अञ्जना चौधरी राम्रोसँग बोल्न सक्तिनन् । सशस्त्र द्वन्द्वमा १७ वर्षको जेठो छोरा बेपत्ता पारिएपछि उनी बिरामी परिन् । रासन लिन गएको छोरालाई सेनाले बेपत्ता पारे । २०५९ सालमा हराएको छोरो फर्केर आएन् । छोराको सम्झना एउटा नाति छ । छोरो बेपत्ता भएको अर्को वर्ष बुहारीले पनि छाडेर अन्तै घरजम गरेर गइन् ।
नेपाल भ्रमण वर्ष सुरु हुन दुई महिना मात्रै बाँकी छ । भ्रमण बर्षमा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ । त्यो लक्ष्य नारामा मात्र सीमित हुने हो कि भन्ने देखिएको छ । बाँकेमा पर्यटनसँग सम्बन्धित गतिविधि ठप्प छन् ।
बाँकेको डुडुवा गाउँपालिका २, करातियापूर्वाकी १६ वर्षीया ओमाकुमारी लोनिया विद्यालय जान्नन् । कक्षा ५ सम्म अध्ययन गरिन् । बीचमै पढाइ छोडेकी उनको काँधमा अहिले घरको चुलोचौकादेखि गाईवस्तु हेर्ने जिम्मा छ । ‘पढ्न मन लाग्छ, आमाबुबालाई भन्न सक्दिनँ,’ उनले भनिन्, ‘आफ्नै उमेर समूहका साथीहरू विद्यालय जाँदा रहर लाग्छ ।’ घरमा धेरै काम हुनाले फुर्सद नहुने उनले बताइन् । ‘मन मारेर बस्नु पर्छ,’ उनले भनिन्, ‘विद्यालयबाटै भागेर विवाह गर्छन् भन्ने डरले पनि धेरै अभिभावक छोरीलाई विद्यालय पठाउँदैनन् ।’
मुस्लिम महिलाका क्षेत्रमा वकालत गर्दै आएकी रुबी खानको धेरैले प्रशंसा गर्छन् तर उनकै परिवार उनको कामबाट खुसी छैन । उनी रातविरात हिँड्दा परिवार चिन्तामा पर्छ । आफ्नै परिवार र समुदायमा लामो संघर्ष गरेर उनले अधिकारकर्मीको परिचय बनाएकी छन् ।