कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

मध्यवर्तीमा नि:शुल्क स्वास्थ्य शिविर 

रूपा गहतराज

(नेपालगन्ज) — बाँकेको राप्तीसोनारी गाउँपालिकाको ढकेरीमा नेपाली सेनाले शनिबार सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा पाँच सयभन्दा बढीले सेवा लिएका छन् ।

मध्यवर्तीमा नि:शुल्क स्वास्थ्य शिविर 

बाँके राष्ट्रिय निकुन्ज सुरक्षार्थ तैनाथ अर्जुनवाण गण ओभरी बाकेले सञ्चालन गरेको शिविरमा महिला, पुरूषसँगै बालबालिका र वृद्धवृद्धा गरी ६सय १७ जनाले उपचार गराएका छन् ।

राप्तीसोनारी गाउँपालीकाको आयोजना तथा एचसीआरसी अस्पतालको सहयोगमा बाँके राष्ट्रिय निकुञ्जमा तैनाथ अर्जुनवाण गणमा कार्यरत नेपाली सेनाले समन्वय गरेको उक्त निःशुल्क स्वास्थ्य जाँच शिविरमा शनिबार ६ सय १७ जनाले स्वास्थ्य परीक्षण गराएका हुन् ।

राप्तीसोनारी गाउँपालीकाका मध्यवर्ती क्षेत्रका बासिन्दाको सेनासँगको पहुँच बिस्तारका लागि सो शिविर संचालन गरिएको राप्तीसोनारी गाउपालीका अध्यक्ष तप्त पौडेलले बताए ।

श्री नं ४ बाहिनी अड्डा इमामनगर ब्यारेकका बाहिनीपति सहायक रथी प्रकाश थापाद्धारा अनुगमन गरिएको उक्त शिविरमा ओभरी स्थित अर्जुनवाण गणका गणपति एवं नेपाली सेनाका प्रमुखसेनानी अशोक खड्काले सहरी क्षेत्रको अस्पताल र चिकित्सकसँग सहज पहूँच नभएका स्थानीयहरूका लागि निःशूल्क स्वास्थ्य जाँच गर्ने उद्येश्यले स्वास्थ्य शिविर सञ्चालन गरिएको बताए ।

गाउँपालिका स्वास्थ्य शाखा वरिष्ठ अहेव अधिकृत सुरेश कुमार शर्माले सबैभन्दा बढी नाक, कान र घाँटी र महिलाहरुको स्त्रीरोग सम्बन्धी स्वास्थ्य परीक्षण गरिएको छ । नाक, कान र घाँटीका २ सय ६० बिरामीले स्वास्थ्य परीक्षण भएको छ भने स्त्री रोग सम्बन्धी १ सय १२ जनाले स्वास्थ्य जाँच गराएका छन् ।

त्यसैगरी २ सय ५० जनाले सामान्य स्वास्थ्य जाँच गराएका छन् भने हाड जोर्नी तथा नसाका २ सय ४८ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । त्यसैगरी मुटु रोग सम्बन्धी ८० जना, छाला रोग सम्बन्धी ६२ जना, रगत जाँच ३२ जना र मुटुको ढडकन (ईसिजी) जाँच ४५ जनाले स्वास्थ्य जाँच गराएका छन् ।

कोहलपुर मेडिकल कलेज, नेपालगन्ज मेडीकल कलेज र आर्मी अस्पताल नेपालगन्ज र राप्तीसोनारी गाउँपालीकाका एक चिकित्सक गरी नौ जना चिकीत्सकले सेवा दिएको एचसीआरसी अस्पताल नेपालगन्जमा बाँकेका रमेश सिटौलाले बताए ।


प्रकाशित : मंसिर १०, २०८० १२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?