कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

‘जाउँ है पोखरा अभियान’ नेपालगन्जमा

रूपा गहतराज

नेपालगन्ज — होटल व्यवसायीले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि सहकार्य आवश्यक रहेको बताएका छन् । आन्तरिक पर्यटन प्रवर्द्धनका लागि थालिएको ‘जाउँ है पोखरा अभियान’को टोलीले आइतबार नेपालगन्जका पर्यटन व्यवसायीसँग छलफल कार्यक्रममा सहभागीले उक्त धारणा राखेका हुन् ।

‘जाउँ है पोखरा अभियान’ नेपालगन्जमा

होटल संघ पोखरा, नेपालगन्ज उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ नेपालगन्ज, नाट्टालगायतका प्रतिनिधिले नेपालगन्ज र पोखरालाई पर्यटनमा जोड्न सकेमा दुवैतर्फ फाइदा हुने बताए । पोखरामा पर्यटन भित्र्याउन थालिएको यो अभियानका टोली भैरहवा हुँदै आइतबार नेपालगन्ज आएको हो ।

होटल एसोसिएसन पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरा आउनेमा ३५ देखि ४० प्रतिशत पर्यटक आन्तरिक रहेको जनाउँदै नेपालगन्ज र पोखरामा आउने पर्यटकलाई कसरी जोड्न सकिन्छ भन्ने छलफल गर्न जरुरी रहेको बताए । उनले आर्थिक मन्दीका कारण २५ प्रतिशत पर्यटन व्यवसायी पलायन भएको भन्दै पोखरामा आएका पर्यटकलाई नेपालगन्ज र नेपालगन्जमा आएका पर्यटकलाई पोखरामा लैजाने वातावरण बनाउनु पर्ने बताए ।

नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दिन राईले सहजरुपले भारतीय पर्यटकलाई नेपाल भित्र्याउन सकेमा नेपालगन्ज, पोखरामात्रै होइन, देशकै पर्यटन व्यवसाय फस्टाउने बताए ।

अभियानमा २० जनाको टोली हिँडेको छ । आन्तरिक पर्यटन नै दिगो पर्यटनको आधार हो भन्ने मान्यताअनुरुप होटल संघ पोखराले दुई दशकदेखि यो अभियान थालेको जनाएको छ ।

प्रकाशित : पुस १, २०८० २१:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?