कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

गुलरिया नगरपालिका-८ बालविवाहमुक्त घोषणा 

कमल पन्थी

बर्दिया — गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले बुधवार एक समाहरोमा वडा नम्बर ८ लाई बालविवाह मुक्त घोषणा गरेका छन् । पालिका र विभिन्न संघ संस्थाले विस्तृत सर्भे गरी बालविवाहमुक्त क्षेत्र घोषणा गरिएको हो ।

गुलरिया नगरपालिका-८ बालविवाहमुक्त घोषणा 

मेयर यादवले सानैमा विवाह गर्दा बालबालिकाको हक अधिकारको हनन् हुने र कानुनले बर्जित गरेका कारण अभिभावकदेखि धार्मिक गुरु समेत दण्डित हुने भएकोले सचेत रहन आग्रह गरे ।

२० वर्ष पुरा गरी विवाह गर्दा परिपक्कता हुने भएकोले बालबालिकालाई विद्यालय पढाउनु पर्ने उनले बताए । मधेशी समूदायको बाक्लो बस्ती रहेका यस वडामा सानैमा विवाह गर्ने प्रचलन रोक्नुपर्ने वडा नम्बर ८ का अध्यक्ष धर्मेन्द्र बानियाँले बताए ।

उक्त अवसरमा गुलरिया नगरपालिकाका उपमेयर सावित्रा गौतम, वडा नम्बर ९ का अध्यक्ष हरिप्रसाद पासवान, गुलरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओमकार शाह लगायत वक्ताले गुलरिया नगरपालिकालाई चाँडै बालविवाह मुक्त क्षेत्र घोषणा गरिने बताएका थिए ।

प्रकाशित : असार ५, २०८१ १९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×