कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

बन्दुकको छर्रा लागेर एक घाइते, भरुवा बन्दुकसहित एक जना पक्राउ 

पाल्पा — भरुवा बन्दुकको छर्रा पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ सिद्धेश्वरका ३४ वर्षीय ईश्वर कुमाल घाइते भएका छन् ।

बन्दुकको छर्रा लागेर एक घाइते, भरुवा बन्दुकसहित एक जना पक्राउ 

घर नजिकैको जंगलमा सिकार खेल्ने क्रममा रैनादेवी छहरा गाउँपालिका–१, सिद्धेश्वरकै ३६ वर्षीय ईश्वर कुमालले चलाएको भरुवा बन्दुकको छर्रा लागेर घाइते भएका हुन् ।

उनको घाँटीमा छर्रा लागेको छ । कुमाललाई एकनाले भरुवा बन्दुकसहित बुधबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

अनुसन्धानका क्रममा इश्वरको घरबाट एकनाले भरुवा बन्दुक फेला पारेको पाल्पा प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।


प्रकाशित : असार ५, २०८१ २०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×