दोलखा फिल्म सिटी र बनेपामा छायांकन स्टुडियो बनाउने सरकारको घोषणा

जेष्ठ १५, २०८१

कान्तिपुर संवाददाता

Government announcement to set up Dolakha Film City and Cinematography Studio at Banepa

काठमाडौँ — सरकारले बनेपामा चलचित्र छायांकन स्टुडियो निर्माण कार्य सुरु गरिने जनाएको छ । संघीय संसद्‍मा बजेट पेस गर्दै अर्थमन्त्री वर्षमान पुनले दोलखाको चलचित्र नगरी(फिल्म सिटी)लाई सार्वजनिक निजी साझेदारीमा निर्माण कार्य अगाडि बढाइने बताए । 

सरकारले हरेक वर्षजसो दोलखामा फिल्म सिटी बनाउने घोषणा गरे पनि काम भने अगाडि बढेको छैन । 

त्यस्तै भाषा, साहित्य, दर्शन, सँस्कृति, कला, संगीत र नाट्यलगायतका अमूर्त सँस्कृति क्षेत्रको विकास र प्रबर्द्धन गरिने घोषणा गर्दै प्रतिलिपि अधिकारको संरक्षण गर्नेसमेत बताए । 'प्रतिलिपि अधिकारको संरक्षण गरिने र नियमन गरिनेछ,'पुनले भने । 

बजेट ०८१/०८२

कान्तिपुर

Link copied successfully