बैंक खातामा रेमिट्यान्स पठाए बिनाधितो ऋण 

जेष्ठ १५, २०८१

कान्तिपुर संवाददाता

Remittance to bank account unsecured loan

काठमाडौँ — वैदेशिक रोजगारीमा गएकाले बैंक खातामा रेमिट्यान्स पठाए बिनाधितो ऋण सुविधा दिने कार्यक्रम सरकारले ल्याएको छ । आगामी आर्थिक वर्षको बजेटमा सरकारले यो व्यवस्था गरेका हुन् ।  रेमिट्यान्सलाई औपचारिक क्षेत्रबाट भित्र्याउन पनि सरकारले यो कार्यक्रम ल्याएको सरकारको दाबी छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म विप्रेषण आप्रवाह १९.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले वैशाख ३० गते सार्वजनिक गरेको ९ महिनाको तथ्यांकअनुसार रेमिट्यान्स आप्रवाह १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ भित्रिएकाे छ ।

कान्तिपुर

Link copied successfully