२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

रूपान्तरणकारी क्षेत्रहरूको सूचीमा सूचना प्रविधि

काठमाडौँ — सरकारले अर्थतन्त्रका रुपन्तरणकारी क्षेत्रहरूको सूचीमा सूचना प्रविधिलाई पनि विशेष उल्लेख गरेको छ । कृषि, ऊर्जा, पर्यटन, उद्यमशिलता र ओद्योगिक विकाससँगै सूचना प्रविधि क्षेत्रको प्रवर्द्धनले पनि आर्थिक रूपान्तरण ल्याउन सघाउने अपेक्षा गरिएको छ ।

रूपान्तरणकारी क्षेत्रहरूको सूचीमा सूचना प्रविधि

मंगलबार आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले बजेटका रूपान्तरणकारी क्षेत्र र प्राथमिकताहरूको सूचीमा सूचना प्रविधिलाई समावेश गरेका छन् । आर्थिक सुधारका पाँच रणनीतिमा डिजिटल अर्थतन्त्रको विस्तार महत्वपूर्ण मानिएको छ । यसका लागि नयाँ चरणको आर्थिक सुधारको कार्यक्रम अघि बढाइने मन्त्री पुनले जानकारी दिए ।

साथै, डिजिटल अर्थतन्त्र विस्तारका लागि वित्तीय सुधारअन्तर्गत डिजिटल भुक्तानीको प्रवर्द्धनसँगै केन्द्रिय बैंक डिजिटल करेन्सी (सीबीडीसी)को तयारीजस्ता नवीनतम वित्तीय उपकरणको उपयोग गरिने उनले बताए । साथै, सार्वजनिक प्रसाशनको सुधार गर्दा सेवा प्रवाहमा सूचना प्रविधिको अधिकतम प्रयोग गरिने मन्त्री पुनको दाबी छ ।


प्रकाशित : जेष्ठ १५, २०८१ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हदबन्दीमाथिको जग्गा सट्टापट्टा मात्र होइन, बिक्री नै गर्न पाइने विधेयक संघीय संसद्‌मा पुगेको छ । यस्तो विधेयकलाई अब के गर्नुपर्छ ?