काठमाडौँ — सरकारले कृषि दशक बनाउने घोषणा गरिरहँदा कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बजेट भने सरकारले घटाएको छ । संघीय संसद्को संयुक्त सदनमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दे अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालय तर्फको बजेट ५७ अर्ब २९ करोड रहेको घोषणा गरे ।
चालु आर्थिक वर्षको कृषिको बजेट ५८ अर्ब ९८ करोड बिनियोजन भएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७९/८० मा कृषि तथा पशुपन्छीतर्फ ५५ अर्ब ९७ करोड बिनियोजन भएको थियो । ।
