काठमाडौँ — अब सार्वजनिक निकायले नेपालमै उत्पादन भएको गलैँचा खरिद गर्नुपर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले यस्तो व्यवस्था गरिएको जनाएका हुन् ।
आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्नका लागि यस्तो व्यवस्था गरिएको सरकारको दाबी छ । अर्थमन्त्री पुनले यसपालि स्वदेशी उत्पादनलाई प्रोत्साहनस्वरूप बजेट भाषण बोक्न पनि नेपाली कपडाको झोला प्रयोग गरेका छन् । उनको सचिवालयका अनुसार बजेट भाषण बोक्न ठमेलबाट झोला किनिएको हो ।
