काठमाडौँ — सरकारले रासायनिक मल खरिदका लागि २७ अर्ब ९५ करोड रुपैयाँ विनियोजन गरेको छ ।
संघीय संसद्को संयुक्त सदनमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दे अर्थमन्त्री बर्षमान पुनले यस्तो घोषणा गरेका हुन् । सरकारले चालु आर्थिक वर्षका लागि ३० अर्ब विनियोजन गरेको थियो ।
