कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

सरकारी जग्गामा होटल बनाउन दिइने 

काठमाडौँ — सरकारले पर्यटकको संख्या वृद्धि गर्न सरकारी जग्गामा होटल बनाउन निजी क्षेत्रलाई जग्गा लिज (भाडा) मा दिने बजेटमार्फत जनाएको छ । ती स्थानमा स्थानीय तह र प्रदेश सरकारसँगको सहकार्यमा पहुँचमार्ग र विद्युत् र खानेपानी सेवा विस्तार गरिने अर्थमन्त्री वर्षमान पुनले जनाएका छन् ।  

सरकारी जग्गामा होटल बनाउन दिइने 

पुराना पदमार्ग सुधार्न, सम्भावित जोखियुक्त क्षेत्रमा पर्यटकीय उद्धार केन्द्र स्थापना गर्नेलगायतका पर्यटन पूर्वाधार विकासका लागि ५ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरिएको छ । यो रकम भृकुटीमण्डपमा रहेको पर्यटन विभागमार्फत खर्च हुन्छ ।

प्रकाशित : जेष्ठ १५, २०८१ १६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×