सूचना प्रविधि क्षेत्रमा १० वर्षमा ३० खर्बको निर्यात, ५ लाख प्रत्यक्ष रोजगारी सिर्जना गरिने

जेष्ठ १५, २०८१

कान्तिपुर संवाददाता

30 billion export, 5 lakh direct jobs will be created in the information technology sector in 10 years

काठमाडौँ — सूचना प्रविध क्षेत्रमा अबको १० वर्षमा ३० खर्बको वस्तु तथा सेवा निर्यात गर्ने सरकारले लक्ष्य लिएको छ । यस क्रममा ५ लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गरिने अर्थमन्त्री वर्षमान पुनले बताएका छन् । 

मंगलबार संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले उल्लेखित लक्ष्यसहित आगामी आर्थिक वर्षलाई सूचना प्रविधि दसकको प्रस्थान वर्षका रुपमा अघि बढाइने भनाइ राखे । 

‘नेपाललाई सूचना प्रविधि हबको रुपमा विकास गरिने छ,’ मन्त्री पुनले भने, ‘सूचना प्रविधिलाई अर्थतन्त्रको संवाहका रूपमा स्थापित गरिनेछ ।’ उनका अनुसार सूचना प्रविधिमा आधारित नविनतम प्रविधिहरू अवलम्बन गर्न कानुनी आधार तय गरिने छ । ‘कृत्रिम बौद्धिकताको विकास, प्रवर्द्धन र नियमनको व्ववस्था गरिनेछ,’  उनले भने ।

सूचना प्रविधि क्षेत्रमा नीतिगत स्थायित्वसहित उच्च गतिको भरपर्दो र किफायती इन्टरनेट सेवा, डाटा सुरक्षा र बौद्धिक सम्पत्ति संरक्षण प्रदान गरिने पनि मन्त्री पुनले अवगत गराए  ।

बजेट ०८१/०८२

कान्तिपुर

Link copied successfully