काठमाडौँ — सन् १९३७ मा आजकै दिन (मे २८) मा नेभिल चेम्बरलेन बेलायतको प्रधानमन्त्री बनेका थिए । कन्जरभेटिभ पार्टीबाट प्रधानमन्त्री बनेका चेम्बरलेनले बेलायतमा तीन वर्ष शासन गरे ।
१८६९ मार्च १८ मा जन्मिएका चेम्बरलेन प्रधानमन्त्री हुनुअघि अर्थमन्त्री, शिक्षामन्त्री तथा बर्मिङघमको मेयर भएका थिए । उनको १९४० नोभेम्बर ९ मा निधन भएको थियो । चेम्बरलेनको निधनपछि विन्स्टन चर्चिल बेलायतको प्रधानमन्त्री बनेका थिए ।
