सन् १९६४ मा आजकै दिन : नेहरूको निधन 

जेष्ठ १४, २०८१

कान्तिपुर संवाददाता

On this day in 1964: Death of Nehru

काठमाडौँ — सन् १९६४ मा आजकै दिन (मे २७) मा भारतका प्रधानमन्त्री जवाहरलाल नेहरूको निधन भएको थियो । १८८९ मा भारतको प्रयागराजमा जन्मिएका नेहरूको ७४ वर्षको उमेरमा राजधानी नयाँदिल्लीमा निधन भएको थियो । 

ब्रिटिस उपनिवेशबाट १९४७ मा स्वतन्त्र भएसँगै नेहरू भारतको पहिलो प्रधानमन्त्री भएका थिए । स्वतन्त्रतापछि भएको चुनावमार्फत उनी १९५२ मे १३ मा भारतको पहिलो जननिर्वाचित प्रधानमन्त्री बने । भारतमा १९४९ नोभेम्बर २६ मा जारी गरिएको संविधानअनुसार पहिलो आमनिर्वाचन भएको थियो । 

१९५१ अक्टोबर २५ देखि १९५२ फेब्रुअरी २१ मा भएको चुनावमा भारतीय राष्ट्रिय कंग्रेस (आईएनसी) ले बहुमत प्राप्त गरेको थियो । लोकसभाका ४ सय ८९ सिटका लागि भएको चुनावमा आईएनसीले ३ सय ६४ सिट जितेको थियो । विपक्षी कम्युनिस्ट पार्टी अफ इन्डिया १६ र सोसलिस्ट पार्टी १२ सिटमा विजयी भएको थियो ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully