कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

सन् २०१४ मा आजकै दिन : भारतीय प्रधानमन्त्रीमा मोदी

काठमाडौँ — सन् २०१४ मा आजकै दिन (मे २६) मा नरेन्द्र मोदी भारतको प्रधानमन्त्री निर्वाचित भएका थिए । भारतको १६ औं लोकसभाका लािग २०१४ अप्रिल ७ देखि मे १२ सम्म भएको मतदातमा भारतीय जनता पार्टी (भाजपा) ले बहुमत प्राप्त गरेसँगै मोदीलाई प्रधानमन्त्री बन्ने बाटो खुलेको थियो । त्यसयता मोदी लगातार भारतको प्रधानमन्त्री छन् । 

सन् २०१४ मा आजकै दिन : भारतीय प्रधानमन्त्रीमा मोदी

लोकसभामा निर्वाचित हुने ५ सय ४३ सिटमध्ये भाजपा २ सय ८२ सिटमा विजयी भएको थियो । भाजपा नेतृत्वको नेसनल डेमोक्रेटिक अलायन्सले ३ सय ३६ सिट ल्याएको थियो । विपक्षी दल इन्डियन नेसनल कंग्रेसले ४४ सिट मात्र जितेको थियो । कंग्रेस नेतृत्वको युनाइटेड प्रोग्रेसिभ अलाएन्सले ५९ सिट ल्याएको थियो ।

१९५० सेप्टेम्बर १७ मा जन्मिएका मोदीले भारतमा हाल भइरहेको चुनावमार्फत अर्को कार्यकाल ताकिरहेका छन् । भारतमा २०२४ अप्रिल १९ मा सुरु भएको चुनाव जुन १ मा सकिँदै छ । प्रधानमन्त्री हुनुअघि मोदी २००१ देखि २०१४ सम्म गुजरातका मुख्यमन्त्री भएका थिए ।

प्रकाशित : जेष्ठ १३, २०८१ ०६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?