२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

भीरबाट लडेर यार्चा संकलकको मृत्यु

मनोज बडू

दार्चुला — अपिहिमाल गाउँपालिका-३ स्थित काँटै दोनथे पाटनमा यार्चागुम्बा संकलकको मृत्यु भएको छ । शुक्रबार यार्चागुम्बा संकलनका क्रममा भीरबाट लडेर मृत्यु भएको स्थानीयले बताएका छन् ।

भीरबाट लडेर यार्चा संकलकको मृत्यु

स्थानीय शोवनसिंह लोथ्यालका अनुसार अपिहिमाल गाउँपालिका-३ राताभिटाका २४ वर्षीय मिलन कार्कीको लडेर मृत्यु भएको हो । उनले काँटैस्थित दोनथे भन्ने वनमा यार्चागुम्बा खोज्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो ।

यार्चा खोजेर बाँस बस्ने ठाउँमा फर्कने क्रममा उनको लडेर मृत्यु भएको बताइएको छ । मृत्तकको शव आफन्तहरू लेकबाट गाउँतिर ल्याइरहेको स्थानीय लोथ्यालले बताए ।

प्रकाशित : जेष्ठ १९, २०८१ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मंसिरदेखि दूधको भुक्तानी नपाएपछि विरोधमा उत्रिएका किसानमाथि प्रहरीले धरपकड गरेकोबारे तपाईंको के टिप्पणी छ ?

x