'मिस नेपाल २०२४' घोषणा 

जेष्ठ १८, २०८१

कान्तिपुर संवाददाता

'Miss Nepal 2024' announcement

काठमाडौँ — सौन्दर्य प्रतियोगिता 'मिस नेपाल'को ३० औँ संस्करण घोषणा भएको छ । 'मिस नेपाल २०२४'का अन्तिम प्रतिस्पर्धीलाई स्यास वितरण गर्दै यो संस्करण घोषणा भएको हो । 

आयोजक हिडन ट्रेजरका अध्यक्ष अजय स्थापित, पूर्व अध्यक्ष दिवाकर राजकर्णिकार, पुर्व अध्यक्षहरु सुवर्ण क्षेत्री, सुरेश बहादुर मल्ललगायतले २६ सुन्दरीहरुलाई स्यास वितरण गरिदिएका हुन् । 

यो वर्ष मिस नेपालमा सुन्दरूहरु आँचल खत्री, अम्बिका राणा, अनिशा मल्ल, अञ्जना पुन, आश्मा कुमारी केसी, दीक्षा अवस्थी, दृष्टि थापा, इभा गिरी, इरिना श्रेष्ठ, करुणा रावत, किम्ती श्रेष्ठ, ललिता सेरबुजा मगर, निभिता चापागाईं, प्रसुना भुसाल, प्रिरविता स्वाँर, पुजा बराल, राधिका थापा, रोशनी दाहाल, शामिन कोइराला, सायरा खड्का, समीक्षा निरौला, श्रद्धासुमन सिलवाल, सिम्रिका मानन्धर, सुभेक्क्षा कार्की, सुमना केसी, उर्जा नेवाले प्रतिस्पर्धा गर्दैछन् ।

कान्तिपुर

Link copied successfully