कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

जीप दुर्घटना हुँदा १४ जना घाइते 

माधव अर्याल

पाल्पा — निस्दीमा भएको जीप दुर्घटनामा परी १४ यात्रु घाइते भएका छन् । लु १ ज ३३२४ नम्बरको जीप निस्दी गाउँपालिका–४, मतियारडाँडास्थित भित्री कच्ची सडक खण्डमा दुर्घटनामा भएको हो ।

जीप दुर्घटना हुँदा १४ जना घाइते 

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को अरुणखोलाबाट पाल्पाको निस्दी गाउँपालिका–३, खादरतर्फ आउँदै गर्दा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए ।

दुर्घटनास्थलमा प्रहरी चौकी रुक्सेभन्ज्याङ र इलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरी टोली खटिएको छ । दुर्घटनामा घाइतेलाई उपचारको लागि नवलपरासीतर्फ पठाएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको विस्तृत विवरण आउने बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ २, २०८१ १९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×