कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

दाङमा नदीमा डुबेर दाजुभाइको मृत्यु

दाङ — बबई नदीमा डुबेर दाजुभाइको मृत्यु भएको छ । बबई गाउँपालिका–७ ओदालेस्थित बबई नदीमा मंगलबार बेलुका पौडी खेल्ने क्रममा डुबेर बबई-५ हापुरेका १६ वर्षीय दिपेश परियार र उनका दाजु १८ वर्षीय दीपक परियारको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

दाङमा नदीमा डुबेर दाजुभाइको मृत्यु

दीपकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा र दिपेशको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरिक्षक नवचन्द्र मल्लले बताए ।

उनीहरू फुपूको घरमा गएको बेला पौडी खेल्न बबई नदीमा पुगेका थिए ।बुधबार बुवा सीताराम परियारले दुई छोराको शव बुझेको मल्लले जानकारी दिए ।

प्रकाशित : जेष्ठ २, २०८१ २०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×