कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

घुन्सा क्षेत्र दुई सातादेखि सञ्चार सम्पर्कविहीन  

आनन्द गौतम

ताप्लेजुङ — पर्यटकीय सिजन चलिरहँदा कञ्चनजंघा हिमालको आधार शिविर घुन्सा क्षेत्र दुई सातादेखि सञ्चार सम्पर्कविहीन भएको छ ।

घुन्सा क्षेत्र दुई सातादेखि सञ्चार सम्पर्कविहीन  

यहाँ रहेको नेपाल टेलिकमको टावर बिग्रिएपछि स्थानीले सञ्चारको उपयोग गर्न पाएका छैनन् भने घुम्न आएका पर्यटक समेत सञ्चारविहीन भएका छन् ।

'पहिला स्थानीय बिजुली बिग्रियो, त्यसपछि टेलिकमको टावर पनि बिग्रियो,' स्थानीय डण्डु शेर्पाले भने, 'कहिले बन्ने हो थाहा पनि छैन ।' नेपाल टेलिकम ताप्लेजुङका प्रमुख शिवकुमार सिंहले भने त्यहाँको मोड्यूम बिग्रिएको र काठमाडौंबाट झिकाएर पठाएको बताए । 'सामान पुग्दैछ, त्यहीको प्राविधिकले जोइन गर्न सक्ने अवस्था छ, चाँडै बन्छ होला,' सिंहले भने ।


प्रकाशित : जेष्ठ २, २०८१ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×