२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

लेकसाइडका मसाज सेन्टरबाट ६ बालिकाको उद्धार

दीपक परियार

पोखरा — लेकसाइडमा रहेका स्पा (मसाज) सेन्टरबाट प्रहरीले बुधबार ६ बालिकाको उद्धार गरेको छ ।

लेकसाइडका मसाज सेन्टरबाट ६ बालिकाको उद्धार

जिल्ला प्रहरी कार्यालय, पोखरा महानगरपालिकाको सामाजिक विकास महाशाखा र शक्ति समूह नेपालबाट खटिएको संयुक्त अनुगमन टोलीले लेकसाइडका विभिन्न ५ मसाज सेन्टरबाट उनीहरुलाई उद्धार गरेको हो ।

मसाज सेन्टरमा बालिकाहरुलाई यौनजन्य कार्यमा लगाउने गरेको भन्ने गोप्य सूचनाको आधारमा अनुगमन गर्दा १८ वर्षभन्दा मुनिका ६ बालिकालाई काममा लगाएको पाइएको जिल्ला प्रहरी प्रवक्ता बसन्तकुमार शर्माले बताए । बालिकाको उद्धार गरी थप अनुसन्धान कार्य भइरहेको उनले जनाए ।


प्रकाशित : जेष्ठ २, २०८१ १९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?