कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

सुदूरपश्चिम प्रदेशसभा बैठकमा कांग्रेस र नागरिक उन्मुक्तिका सांसदले गरे नाराबाजी

जेष्ठ ३, २०८१
सुदूरपश्चिम प्रदेशसभा बैठकमा कांग्रेस र नागरिक उन्मुक्तिका सांसदले गरे नाराबाजी

Highlights

  • आधा घण्टाका लागि बैठक स्थगित
  • नागरिक उन्मुक्तिका ५ सांसद विपक्षी बेन्चमा, २ जना सत्ता बेन्चमा

धनगढी — सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि बसेको प्रदेशसभाको बैठकको सुरुमै कांग्रेस र नागरिक उन्मुक्तिका सांसदले विरोध गरेका छन् । बैठक आधा घण्टाका लागि स्थगित भएको छ । 

दुवै दलका सांसदहरुले मुख्यमन्त्री सोडारीको नियुक्ति असंवैधानिक रहेको, नागरिक उन्मुक्ति संसदीय दलको समर्थन नरहेको भन्दै नाराबाजी गरेका छन् । उनीहरूले प्रदेश प्रमुख र सभामुखविरुद्ध पनि नाराबाजी गरेका छन् ।

नागरिक उन्मुक्तिका सात सांसदमध्ये पाँच जना विपक्षी बेन्चमा बसेका छन् भने दुई जना सत्ता पक्षको बेन्चमा बसेका थिए ।

प्रकाशित : जेष्ठ ३, २०८१ ११:०९
×