कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै 

अर्जुन शाह

धनगढी — सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज बिहान साढे १० बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिँदैछन् । सोडारीलाई एमालेले विश्वासको मत दिने निर्णय गरिसकेको छ । यसअघि एमालेकै आनाकानीका कारण विश्वासको मत लिने सोडारीको दुई पटकको प्रयास धकेलिएको थियो ।

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै 

एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी (रञ्जिता श्रेष्ठ) पक्षधर दुई प्रदेशसभा सदस्य र स्वतन्त्र सांसद तारा जोशीको समर्थनमा सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका ११, नागरिक उन्मुक्ति पार्टर्कीा सात, एकीकृत समाजवादीका चार, राप्रपा एक र एक जना स्वतन्त्र सांसद छन् ।

संविधानको धारा १६८ (२) अनुसार वैशाख ६ गते सोडारी मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

प्रकाशित : जेष्ठ ३, २०८१ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×