कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

महाकालीमा पानीको बहाव बढ्यो : शारदा ब्यारेजमा ठूला सवारी साधन चलाउन रोक

भवानी भट्ट

कञ्चनपुर — महाकाली नदीमा पानीको बहाव बढेको छ । शुक्रबार दिउँसोदेखि नदीमा पानीको बहाव बढेको हो । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार शुक्रबार दिउँसो २ बजेको मापन अनुसार नदीमा पानीको बहाव १ लाख ५६ हजार ७ सय क्युसेक पुगेको छ ।

महाकालीमा पानीको बहाव बढ्यो : शारदा ब्यारेजमा ठूला सवारी साधन चलाउन रोक

नदीमा पानीको बहाव बढेसंगै शारदा ब्यारेजको पुलमा ठुला सवारी साधन आवागमनमा रोक लगाइएको छ ।

प्रहरीका अनुसार १२ बजेदेखि नदीमा पानीको बहाव बढ्न थालेपछि चार पांग्रे सवारी साधनमा रोक लगाइएको हो । महाकालीमा पानीको बहाव १ लाख क्युसेक नाघ्ने बितिक्कै चार पांग्रे सवारी साधन आवागमनमा रोक लगाइने गरिएको छ ।

प्रकाशित : श्रावण ११, २०८१ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×