२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

दुर्घटनामा हेटौंडाका व्यवसायी केशव मुडभरीको मृत्यु

प्रताप विष्ट

हेटौंडा — हेटौंडा—सिन्धुली सडकअन्तर्गत मकवानपुरको वाग्मती गाउँपालिका–४ सादेपुलमा स्कुटर र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा हेटौंडाका व्यवसायी केशव मुडभरीको मृत्यु

बुधबार राति फापरबारीबाट हेटौंडातर्फ आउँदै गरेको ना ६६ प ९३०३ स्कुटर र विपरीत दिशाबाट जाँदै गरेको ना ७ त २२५९ नम्बरको ट्याक्टर ठोक्किएर दुर्घटना हुँदा हेटौंडा–१३ का ४५ वर्षीय केशव मुडभरीको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका मुडभरीको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीले बताए । मुडभरी विद्यालय सञ्चालक र स्टेसनरी व्यवसायी समेत थिए । उनले केही वर्ष पत्रकारितासमेत गरेका थिए । प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएको छ भने चालकको खोजी कार्य भइरहेको जनाएको छ ।

प्रकाशित : जेष्ठ ३, २०८१ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?