२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

सडकबाट जिप खस्दा चालकसहित १६ जना घाइते

प्रकाश बराल

बागलुङ — बागलुङको ढोरपाटन नगरपालिका ५ को मस्ती भन्ने स्थानमा यात्रुबाहक जिप सडकदेखि खस्दा चालकसहित १६ जना घाइते भएका छन् । बुर्तिवाङदेखि चौर जाँदै गरेको ग २ च २३१४ नम्बरको पिकअप जिप ब्याक गर्ने क्रममा बुधबार साँझ ६ बजे सडकदेखि २० मिटर तल खसेको थियो ।

सडकबाट जिप खस्दा चालकसहित १६ जना घाइते

घटनामा ढोरपाटन ५ चौर बस्ने वर्ष २३ की लक्ष्मी बिक, वर्ष २३ कै अनुषा बिक, वर्ष १० का मनोज बिक, वर्ष २४ की साबित्रा बिक, वर्ष २३ कै टीका बिक, वर्ष २९ की पूजा बिक, वर्ष ४० की पूर्णकला बिक र वर्ष २३ की अनिता पौडेल तथा उनका १८ महिने छोरा प्रिन्स घाइते भएका छन् ।

यस्तै वर्ष ४२ को ज्ञानबहादुर घर्ती, वर्ष २८ की मिना बिक, ढोरपाटन २ अर्नाकोटकी २० वर्षीय धनकुमारी क्षेत्री, १९ वर्षीया सीता रोका, निसीखोला गाउँपालिका २ का २० वर्षीया मिना कार्की, उनकी ३ महिनाकी छोरी सुहाना र चालक तमानखोला गाउँपालिका ४ का ३० वर्षीय अमन सिर्पाली घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिए । घाइतेहरु सबैलाई प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा उपचार गराइएको छ ।

इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक राजकुमार बिकको कमाण्डमा गएको प्रहरीले घटनास्थलमा उद्धार गरेको थियो । उनका अनुसार घाइते सबैको अवस्था सामान्य छ ।


प्रकाशित : जेष्ठ २, २०८१ २०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?