कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

पाँचथरमा तीनजना फरार अभियुक्त पक्राउ

लक्ष्मी गौतम

पाँचथर — पाँचथर प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भएर फरार रहेका तीनजनालाई पक्राउ गरेको छ ।

पाँचथरमा तीनजना फरार अभियुक्त पक्राउ

प्रहरीले उनीहरुलाई फैसला कार्यन्वयनका लागि जिल्ला अदालतमा बुझाएको छ । पक्राउ पर्नेमा तुम्बेवा गाउँपालिका-३ का इन्द्रबहादुर खड्का (४४ वर्ष) मिक्लाजुङ ४ का कृष्णबहादुर नेपाली (५४ वर्ष) र फिदिम नगरपालिका ११ का इन्द्रबहादुर विश्वकर्मा (३३ वर्ष) रहेका छन् ।

पक्राउ परेकामध्ये खड्का र नेपालीलाई जिल्ला अदालतले बाल यौन दुर्व्यवहारविरुद्वको मुद्दामा दोषी ठहराउँदै कैद र जरिवाना फैसला सुनाएको प्रहरी निरिक्षक दिवस कुँवरले बताए ।

खड्कालाई २०७९ साल असोज ९ गतेको फैसलाले दोषी ठहर गर्दै ५ महिना १५ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना तथा नेपालीलाई २०७८ चैत १५ गतेको फैसलाले ५ महिना ७ दिन कैद र १२ हजार ५ सय रुपैयाँ जरिवाना तोकेको थियो ।

त्यस्तै, विश्वकर्मा विश्वकर्मालाई २०८० साउन ४ गतेको फैसलाले ५ महिना ४ दिन कैद गर्ने तोकेको थियो । अदालतमा हाजिर गराइएका तीनैजनालाई अदालतले कारागार चलान गरेको छ ।

प्रकाशित : जेष्ठ २, २०८१ १९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×