कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

रातो मस्त्येन्द्रनाथको रथ ओकुबहालमा पुर्‍याइयो 

ललितपुर — मुलुकको सबभन्दा लामो जात्राको रुपमा मनाइने अन्न र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ बुधबार पाटन सुनधाराबाट तानेर ओकुबहालमा पुर्‍याइएको छ । अ

रातो मस्त्येन्द्रनाथको रथ ओकुबहालमा पुर्‍याइयो 

ब बिहीबार लगनखेल पुर्‍याउने लक्ष्य रहेको रातो मस्त्येन्द्रनाथसँग सम्बन्धित बाराही गुठीका नाइके दिलकुमार बाराहीले बताए । ‘रथ तान्नेक्रममा ढल्किएर मर्मत गर्नु परेको छ,’ उनले भने, ‘विना जंगल डोरी यात्रा गर्न सम्भव छैन ।’

मत्स्येन्द्रनाथको रथ यात्राका क्रममा लगनखेलमा नरिवल खसाल्ने जात्रा र जावलाखेलमा भोटो जात्रा मनाउने गरिन्छ । नेपालमा १२ वर्षसम्म अनिकाल परेकाले वृष्टि गराउन भक्तपुरका राजा नरेन्द्रदेव, कान्तिपुरका तान्त्रिक बन्धुदत्त आचाजु र रथचक्र भनिने ललितपुरका ललित ज्यापूले भारत आसमको कामरुपकामाक्ष पर्वतबाट मत्स्येन्द्रनाथलाई नेपाल ल्याइएको लोक कथन छ ।

नेपालको सर्वप्राचीन गोपाल राजवंशावलीमा पनि नरेन्द्रदेव र आचार्य बन्धुदत्तले मच्छिन्द्रनाथको यात्रा चलाए भन्ने उल्लेख छ ।

प्रकाशित : जेष्ठ २, २०८१ २१:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×