२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

पाल्पाको निस्दीमा जिप दुर्घटना [अपडेट] : दुई जनाको मृत्यु, १३ घाइते 

माधव अर्याल

पाल्पा — पाल्पाको निस्दीमा बुधबार बेलुका भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १३ यात्रु घाइते भएका छन् । लु १ ज ३३२४ नम्बरको जिप निस्दी गाउँपालिका–४, मतियारडाँडा (बेलखर्क) स्थित भित्री कच्ची सडकखण्डमा दुर्घटना भएको हो । 

पाल्पाको निस्दीमा जिप दुर्घटना [अपडेट] : दुई जनाको मृत्यु, १३ घाइते 

दुर्घटनामा परी निस्दी गाउँपालिका–४, घ्याङसीवासका १६ वर्षीय तेजन सोमै र निस्दी गाउँपालिका–४, बेलखर्कका ७ वर्षीय राजीव सुनारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए । सोमै पूर्व नवलपरासी (बर्दघाट सुस्तापूर्व) को अरुणखोलाबाट चढेका थिए भने सुनारी एक किलोमिटरनजिक लामीदमारबाट जिपमा चढेका थिए ।

प्रहरी चौकी रुक्सेभन्ज्याङ र इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरी टोली र स्थानीय बासिन्दाले दुर्घटनामा परी घाइते भएकाहरूको उद्धार गरेका थिए । १३ जना घाइतेको चितवन मेडिकल कलेज भरतपुर र मध्यविन्दु अस्पताल पूर्व नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहेको छ ।

घुम्ती कच्ची र उकालो सडकमा जिपको स्टार्ट बन्द भएपछि ब्याक भई ब्रेक नलागेपछि दुर्घटनामा परेको स्थानीयले बताए ।


प्रकाशित : जेष्ठ ३, २०८१ ०६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?