कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार

काठमाडौँ — स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार भएको छ । बुधबार दिउँसो  ब्रातिस्लावाबाट उत्तर-पूर्वमा रहेको सानो सहर ह्यान्डलोवामा प्रधानमन्त्री फिकोमाथि गोली हानिएको हो ।

स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार

रक्षामन्त्री रोबर्ट कलिनाकका अनुसार प्रधानमन्त्री फिकोको अहिले उपचार भइरहेको छ । बुधबार नै करिब ३ घण्टा लगाएर उनको अपरेसन गरिएको छ । रक्षामन्त्रीका अनुसार प्रधानमन्त्री फिकोको स्वास्थ्य अवस्था 'नाजुक' रहेको छ ।

स्लोभाकियाका राष्ट्रपति तथा नेताहरूले यस आक्रमणलाई 'लोकतन्त्रमाथिको आक्रमण' बताएका छन् । आक्रमणकारीलाई प्रहरीले तत्काल पक्राउ गरे पनि उनको पहिचान भने सार्वजनिक गरिएको छैन । केही अपुष्ट खबरहरूमा भने संदिग्ध आक्रमणकारी लेखक तथा राजनीतिक अभियन्ता भएको बताइएको छ ।

प्रधानमन्त्री फिकोमाथि आक्रमणकारीले ५ पल्ट गोली हानिएको फुटेज सार्वजनिक भएको छ । तुरुन्तै प्रधानमन्त्रीलाई एयरलिफ्टमार्फत अस्पताल लगिएको थियो ।

५९ वर्षीय फिको गत सेप्टेम्बरमा भएको चुनावमा 'पपुलिस्ट-नेसनलिस्ट' गठबन्धनमार्फत प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। अमेरिकी राष्ट्रपति जो बाइडेन, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिसेललगायतले आक्रमणको कडा निन्दा गरेका छन् ।

प्रकाशित : जेष्ठ ३, २०८१ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×