कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

केबलकार बनाउन रुख काटेको भन्दै मेची राजमार्ग र तमोर करिडोरमा यातायात बन्द 

आनन्द गौतम

ताप्लेजुङ — पाथीभरा केबलकार निर्माण क्षेत्रका रुख कटान गरिएको विरोधमा ताप्लेजुङ जिल्ला, मेची राजमार्ग र तमोर करिडोरमा यातायात बन्द गरिएको छ । 

केबलकार बनाउन रुख काटेको भन्दै मेची राजमार्ग र तमोर करिडोरमा यातायात बन्द 

मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति, पाथीभरा केबलकार खारेजी संयुक्त संघर्ष समिति, किरात याक्थुम चुम्लुङ संघीय समितिलगायतका संघसंस्थाको आयोजनामा बन्द गरिएको हो । बन्दका कारण ताप्लेजुङमा यातायात चलेका छैनन । त्यस्तै मेची राजमार्ग र तमोर करिडोरमा चल्ने लामो दूरीका यातायातका साधन पनि छुटेका छैनन् ।

बुधबार र बिहीबार दुई दिनका लागि आह्वान गरिएको बन्दमा केबलकार बनाउने योजना खारेज गर्नुपर्ने र रुख काटेकोमा सार्वजनीक माफी माग्नुपर्ने माग राखिएको छ । केबलकार निर्माणका लागि ठेकेदार कम्पनीले सोमवार बिहानैदेखि रुख काटेको थियो । ७५ प्रतिशत कटानको काम सकिएको स्थानीयले बताएका छन् ।

प्रकाशित : जेष्ठ २, २०८१ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×