छानबिन समिति अझै अनिश्चित
सहकारीको बचत अपचलन प्रकरणमा संसदीय छानबिन समितिको क्षेत्राधिकार तोक्न आइतबार बसेको कार्यदलको बैठक सहमतिमा नपुगी टुंगिएको छ । कार्यदलले क्षेत्राधिकार टुंगो लगाउन नसक्दा समिति गठन पनि अनिश्चित बनेको छ ।
सहकारीको बचत अपचलन प्रकरणमा संसदीय छानबिन समितिको क्षेत्राधिकार तोक्न आइतबार बसेको कार्यदलको बैठक सहमतिमा नपुगी टुंगिएको छ । कार्यदलले क्षेत्राधिकार टुंगो लगाउन नसक्दा समिति गठन पनि अनिश्चित बनेको छ ।
दाजुभाइले सरकारी क्षेत्रमा लाग्न प्रेरित नगरेका भए भक्तपुरकी ३७ वर्षीया रेखादास श्रेष्ठ आज सायद प्राध्यापन पेसामै सक्रिय भइरहेकी हुन्थिन् । दाइ (ठूलो बुबाका छोरा) रमानन्द र भाइ शैलेसले आफूहरू सरकारी सेवामा प्रवेश गरेपछि रेखालाई पनि लोक सेवा पढ्न सुल्झाउँथे । त्यस बेलासम्म उनी प्राध्यापनमै व्यस्त थिइन् ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गोर्खा मिडिया नेटवर्कमा विभिन्न सहकारीबाट आएको ऋणबारे आफूलाई कुनै जानकारी नभएको र त्यसप्रति आफ्नो उत्तरदायी नहुने दाबी संसद्मा पनि दोहोर्याएका छन् । उनले ऋण प्रमाणित हुने कुनै कागजमा हस्ताक्षर भए देखाउन चुनौती पनि दिएका छन् ।
‘मेरो राजनीतिक स्तरबाट निकै तल ओर्लिएको यहाँहरूलाई महसुस हुन्छ भने एकैछिनका लागि मलाई त्यहाँ जान पनि अनुमति दिनुहोला ।’ लामो प्रतीक्षापछि जननिर्वाचित संसद्मा बोल्न उभिएका देशका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक स्तरबाट निकै तल ओर्लन अनुमति मागे । सार्वजनिक संवादमा उनले ‘पार्टी सभापति र व्यक्तिगत स्तर’ को बेवास्ता गर्न थालेको त धेरै भइसक्यो । तर, आइतबार संसद्मा उनको यही ‘डिस्क्लेमर’ ले देशका उपप्रधान तथा गृहमन्त्रीको स्तर पनि तल ओरालेको छ, यो पक्कै पनि चिन्ताको विषय हो ।
हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति इब्राहिम रइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको मृत्यु भएको छ । आइतबार भएको हेलिकप्टर दुर्घटनामा राष्ट्रपति रइसी र विदेशमन्त्री अब्दुल्लाहियानको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन् ।
हाल कोशी, मधेश, लुम्बिनी, कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिकदेखि मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विश्व प्रख्यात नेपाली आरोही कामीरिता शेर्पा ३० औं पटक सगरमाथाको चुचुरो पुग्न सोमबार बिहान आधारशिविरबाट उकालो लागेका छन् । सगरमाथामा सफल आरोहण भएको ७१ वर्षको इतिहासमा कामीरिता सबैभन्दा धेरै पटक आरोहण गर्ने संसारकै एक्ला आरोही हुन् । अघिल्लो आइतबार (वैशाख ३० गते) उनले २९ औं पटक सगरमाथामा सफल आरोहण गरेका थिए ।
मालपोत र नापी कार्यालयका कर्मचारीको मिलेमतोमा कैलालीको नारायणपुरस्थित सार्वजनिक जंगल व्यक्तिका नाममा कायम गरिएको भेटिएको छ । कैलालीको टीकापुर नगरपालिका (साविक नारायणपुर गाविस–८) स्थित कित्ता नं ९०८ को १५ बिघाको वन १३ वर्षअघि मिलेमतोमा व्यक्तिका नाममा कायम गरिएको पाइएको हो ।