महानगरकी महिला हाकिम
दाजुभाइले सरकारी क्षेत्रमा लाग्न प्रेरित नगरेका भए भक्तपुरकी ३७ वर्षीया रेखादास श्रेष्ठ आज सायद प्राध्यापन पेसामै सक्रिय भइरहेकी हुन्थिन् । दाइ (ठूलो बुबाका छोरा) रमानन्द र भाइ शैलेसले आफूहरू सरकारी सेवामा प्रवेश गरेपछि रेखालाई पनि लोक सेवा पढ्न सुल्झाउँथे । त्यस बेलासम्म उनी प्राध्यापनमै व्यस्त थिइन् ।