हायर पर्चेज कर्जाको जोखिम भार घट्यो, अब एक सय प्रतिशत मात्र
अब सबै हायर पर्चेज (अटो) कर्जाको जोखिम भार एक सय रुपैयाँ कायम हुने भएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षामार्फत यस्तो व्यवस्था गरेको हो ।
अब सबै हायर पर्चेज (अटो) कर्जाको जोखिम भार एक सय रुपैयाँ कायम हुने भएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षामार्फत यस्तो व्यवस्था गरेको हो ।
सत्ता पक्ष र प्रतिपक्षमा रहेका दलहरू संसद्मा कसरी प्रस्तुत हुने रणनीति तय गर्ने छुट्टाछुट्टै छलफलमा जुटेका छन् । दुवै पक्ष आफ्ना छलफलमा केन्द्रित भएकाले प्रतिनिधिसभाको ११ बजे तय भएको बैठक अझै बस्न सकेको छैन ।
कीर्तिपुर नगरपालिकाले इलेक्ट्रोनिक बिल्डिङ (ई–बीपीएस) प्रणालीमार्फत अनलाइनबाटै भवन निर्माण अनुमति वा नक्सा पास सेवा दिन थालेको झन्डै एक दशक भयो । २०७७ सालमा नगरपालिकाले डिजिटल हस्ताक्षर लागू गरेयता नक्सा पास गर्न कीर्तिपुरवासीले कार्यालय धाइरहनुपरेको छैन ।
प्रमुख प्रतिपक्ष दल कांग्रेसले सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सञ्चालनमा तटस्थ भूमिका निर्वाह नगरेको आरोप लगाएको छ । संसदीय दलको शुक्रबारको बैठकले बिहीबार सभामुखले विपक्षीको अवरोधबीच सदन सञ्चालन गर्न खोजेकोमा आपत्ति जनाएको छ ।
सवारी दुर्घटना न्यूनीकरण गर्न वाग्मती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनामा एक लाख ८४ हजार तीन सय १६ सवारी चालकमाथि कारबाही गरेको छ ।
स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज सामान्य घटेको हो ।
नेपालले भारतका २ ब्रान्डका केही मसलाको आयातमा रोक लगाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भारतीय ब्रान्ड एमडीएच र एभरेस्टका ४ प्रकारका मसलाको आयातमा रोक लगाएको हो । हङकङ र सिंगापुरले ती मसलामा हानिकारक 'एथलिन अक्साइड' रहेको भन्दै आयातमा रोक लगाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ ७ गते विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले तेस्रो कार्यकालमा चौथो पटक विश्वासको मत लिन लागेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको ऊर्जा क्षेत्रको विकास, सम्वर्द्धन र यस क्षेत्रको थप व्यावसायिकताको पक्षमा रहेको बताएका छन् । नेपालका निजी क्षेत्रका ऊर्जा उद्यमीहरुको छाता संगठन स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) को २२औँ साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकार निजी क्षेत्रको प्रवर्द्धनकै पक्षमा रहेको बताए ।
अब बैंक तथा वित्तीय संस्थाले एक आर्थिक वर्षमा प्राथमिक पुँजीको २० प्रतिशत सेयर बिक्री गर्न पाउने भएका छन् । राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षामार्फत उक्त व्यवस्था गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्नेगरी सम्झौता भएकाले निजी क्षेत्रलाई ढुक्क भएर विद्युत् उत्पादनमा लाग्न आग्रह गरेका छन् ।
अब बैंक तथा वित्तीय संस्थाले अचल कर्जामा १.२० प्रतिशत मात्र नोक्सानी व्यवस्था गरे पुग्ने भएको छ । यसअघि यस्तो कर्जामा १.१५ प्रतिशत नोक्सनी व्यवस्था गर्नुपर्ने व्यवस्था थियो । राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षामार्फत असल कर्जाको जोखिमभार केही घटाएको हो ।