विकेश र कृपालाई कान्तिपुर हाफ म्याराथनको कर्पोरेट उपाधि
विकेश घिमिरे र कृपा अधिकारीले कान्तिपुर हाफ म्याराथनको कर्पोरेट रन जितेका छन् । कान्तिपुर पब्लिकेशन लिमिटेडको आयोजनामा ग्लोबल आईएमई बैंकको प्रस्तुति रहेको कान्तिपुर हाफ म्याराथनको कर्पोरेटमा विकेश र कृपा क्रमशः पुरुष र महिलातर्फ विजेता बनेका हुन् ।