कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौँ — स्थानीय बजारमा पहेंलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य शुक्रबार सामान्य घटेको हो ।

सुनको मूल्यमा सामान्य गिरावट

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुन बिहीबार प्रतितोला एक लाख ४० हजार रुपैयाँमा कारोबार भएकामा शुक्रबारका लागि एक लाख ३९ हजार तीन सय रुपैयाँ निर्धारण गरिएको थियो । यस्तै तेजाबी सुन बिहीबार तोलामा एक लाख ३९ हजार तीन सय रुपैयाँमा कारोबार भएकामा शुक्रबार एक लाख ३८ हजार छ सय ५० रुपैयाँ तय भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । बिहीबार तोलामा एक हजार आठ सय पाँच रुपैयाँमा कारोबार भएको चाँदीको भने एक हजार आठ सय रुपैयाँ निर्धारण भएको छ ।

प्रकाशित : जेष्ठ ५, २०८१ ०६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×