२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
अर्थ / वाणिज्य

Nepali Business & Economics News

नियमसंगत चलाएमा सहकारीहरु डुब्दैनन्, यसले कसैलाई डुबाउँदैन : प्रधानमन्त्री 

प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको मर्मअनुसारका नियमसंगत चलाएमा सहकारीहरु नडुब्ने र यसले कसैलाई नडुबाउने बताएका छन् ।

नियमसंगत चलाएमा सहकारीहरु डुब्दैनन्, यसले कसैलाई डुबाउँदैन : प्रधानमन्त्री 

पूर्वाधार आयोजना थपिन्छन्, थपिँदैन बजेट

सरकारले आर्थिक वर्ष ०६८/६९ मा १७ वटालाई राष्ट्रिय गौरवका आयोजना घोषणा गर्‍यो । ०७०/७१ मा चारवटा आयोजना थपिए । ०७५/७६, ०७६/७७ र ०७७/७८ मा थप एक–एक गौरवका आयोजना घोषणा गरियो । यीमध्ये केही आयोजनाको निर्माण सकिएको छ भने केहीलाई गौरवकै आयोजनामा राखिए पनि निर्माणमा जानेबारे अन्योल कायमै छ । 

पूर्वाधार आयोजना थपिन्छन्, थपिँदैन बजेट

पूर्वाधार सम्मेलनमा विकासको चिन्ता

पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू सरकारमा रहँदा लगानीमैत्री वातावरण बनाउन धेरै ऐन, कानुन तथा नीतिनियम परिवर्तन गरेको बताएका छन् ।

पूर्वाधार सम्मेलनमा विकासको चिन्ता

‘कन्टेन्ट फिल्टरिङ’ लाई संस्थागत बनाउने सरकारको प्रयास

फेसबुक, इन्स्टाग्राम, टिकटक, ट्वीटरजस्ता सामाजिक सञ्जाल प्लाटफर्म सञ्चालकलाई सरकारले विभिन्न सर्त पालना गर्न अनुरोध गरेको छ । देशभर इन्टरनेट सुरक्षा, डिजिटल साक्षरता, नेपालको पर्यटन प्रवर्द्धन र शिक्षण संस्थामा शैक्षिक गुणस्तर सुधारका कार्यक्रम सञ्चालन गर्न सरकारले आग्रह गरेको हो ।

‘कन्टेन्ट फिल्टरिङ’ लाई संस्थागत बनाउने सरकारको प्रयास

संविधान दिवसबाट धरहरा खुला

०७२ को भूकम्पले ऐतिहासिक महत्त्वको धरहरा ढल्यो, जहाँ केही मानवीय क्षति पनि हुन पुग्यो । त्यो अवस्था देख्दा धेरैमा एउटा जिज्ञासा थियो— के अब धरहरा ठडिएला त ? भूकम्पको ९ वर्षपछि पूर्ण रूपमा धरहरा ठडिएको छ ।

संविधान दिवसबाट धरहरा खुला

आजको विदेशी मुद्राको विनिमय दर, अमेरिकी डलरको मूल्य घट्यो

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार शुक्रबारको तुलानामा आज अमेरिकी डलरको मूल्यमा कमी आएको छभने युरो र र युके पाउन्ड स्टर्लिङको मूल्य  बढेको छ । 

आजको विदेशी मुद्राको विनिमय दर, अमेरिकी डलरको मूल्य घट्यो

सुनका गहना तोलाकै पौने २ लाख

सुनको मूल्यले एकपछि अर्को गरी नयाँ–नयाँ कीर्तिमान बनाउन थालेको छ । अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ बैंक) ले सेप्टेम्बरदेखि ब्याजदर घटाउने चर्चासँगै त्यसको प्रत्यक्ष प्रभाव सुनमा परेको हो । ब्याजदर घट्ने हल्लाले मुनाफा कमाउन अन्तर्राष्ट्रिय लगानीकर्ताले सुनमा लगानी बढाएका छन् । यसले एकातिर सुनको माग बढाएको छ भने मूल्यले पनि कीर्तिमान बनाएको छ । 

सुनका गहना तोलाकै पौने २ लाख
भाद्र २८, २०८१

सहकारीको रकम अपचलन गरी विदेश फरारको खोजबिन गर्न संसदीय समितिको निर्देशन

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले नेपालबाट वित्तीय क्षेत्रमा ठगी, अपचलन र दुरुपयोग गरी विदेश फरार भएका २५ जनाको खोजबिन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

सहकारीको रकम अपचलन गरी विदेश फरारको खोजबिन गर्न संसदीय समितिको निर्देशन

आन्तरिक स्रोत परिचालनलाई थप प्रभावकारी बनाउन अर्थमन्त्रीको निर्देशन

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको विकास र समृद्धिको लक्ष्य हासिल गर्नका लागि आन्तरिक स्रोत परिचालनलाई थप प्रभावकारी बनाउने बताएका छन् । 

आन्तरिक स्रोत परिचालनलाई थप प्रभावकारी बनाउन अर्थमन्त्रीको निर्देशन

लगानी थपेर झन् ठूलो खेलाडी बन्दै ओपेनएआई

च्याटजीपीटी निर्माता ओपेनएआईले १५० अर्ब डलरको मूल्यांकनमा थप लगानी उठाउने चर्चा चलेको छ । यसो भएमा ओपेनएआई विश्वकै ठूला स्टार्टअप कम्पनीमध्ये एक हुनेछ । कम्पनीले एप्पल, एनभिडिया, माइक्रोसफ्टजस्ता टेक जायन्टहरूबाट ६.५ अर्ब डलर लगानी उठाउने विषयमा छलफल गरिरहेको र बैंकबाट ५ अर्ब डलर ऋण लिन खोजेको ब्लुमबर्ग न्युजले जनाएको छ ।

लगानी थपेर झन् ठूलो खेलाडी बन्दै ओपेनएआई

दुग्ध उत्पादन नेपालको कृषि अर्थ व्यवस्थाको महत्वपूर्ण क्षेत्र हो : मन्त्री अधिकारी

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध क्षेत्र नेपालको कृषि अर्थ व्यवस्थाको महत्वपूर्ण क्षेत्र भएको बताएका छन् । 

दुग्ध उत्पादन नेपालको कृषि अर्थ व्यवस्थाको महत्वपूर्ण क्षेत्र हो : मन्त्री अधिकारी

सुनको मूल्य हालसम्मकै उच्च

स्थानीय बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले वृद्धि भएको हो ।

सुनको मूल्य हालसम्मकै उच्च

निजी क्षेत्रमा अख्तियार प्रवेशबारे टुंगो लगाउन संसदीय उपसमिति

निजी क्षेत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवेशबारे टुंगो लगाउन संसदीय उपसमिति गठन भएको छ । १० सदस्यीय उपसमितिले भ्रष्टाचार निवारण ऐन, ०५९ लाई संशोधन गर्न बनेको विधेयकका विवादित बुँदा अध्ययन गरी टुंगो लगाउनेछ ।

निजी क्षेत्रमा अख्तियार प्रवेशबारे टुंगो लगाउन संसदीय उपसमिति

सुक्खा बन्दरगाहमै रोकिए २८ सय कन्टेनर

आयातकर्ताले समयमै कन्टेनर नलग्दा र खाली कन्टेनर फिर्ता जान नसक्दा सिर्सिया सुक्खा बन्दरगाहमा कन्टेनरको भीड बढेको छ । बन्दरगाह परिसरमा मालवाहक १ हजार ६ सय ५० र खाली १ हजार १ सय ५० गरी २ हजार ८ सय कन्टेनर छन् ।

सुक्खा बन्दरगाहमै रोकिए २८ सय कन्टेनर

एसी च्याम्बरमा च्याउ

कमल सुवेदीले गत वर्ष दुई करोड रुपैयाँ बराबरको च्याउ बिक्री गरे । यो वर्ष दोब्बर बनाउने उनको लक्ष्य छ । कालिका नगरपालिका–२ पदमपुरमा उनले च्याउ खेती गर्छन् । उनले पाते (कन्ने) र डल्ले (बटन) च्याउ गरेर दुई प्रकारका च्याउ लगाउँदै आएका छन् । 

एसी च्याम्बरमा च्याउ

‘सरकारले मात्रै पूर्वाधारमा लगानी गर्न सक्दैन, निजी क्षेत्र चाहिन्छ’

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई लगानीको उचित वातावरण सिर्जना गर्न सरकार तयार रहेको बताएका छन् ।

‘सरकारले मात्रै पूर्वाधारमा लगानी गर्न सक्दैन, निजी क्षेत्र चाहिन्छ’
भाद्र २७, २०८१

लगानी बोर्डको सीईओमा ज्ञवाली नियुक्त 

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवाली नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ललितपुरका ज्ञवालीलाई सीईओमा नियुक्त गरेको हो ।

लगानी बोर्डको सीईओमा ज्ञवाली नियुक्त 

सुदूरपश्चिममा चामल, मकै र तोरी आयात घट्दो, गहुँ तेब्बरले बढ्यो 

सुदूरपश्चिमको प्रमुख कैलालीस्थित त्रिनगरस्थित भन्सार नाका भएर गहुँको आयात परिमाण तेब्बरले बृद्धि भएको छ । भारतले चामल निर्यातमा रोक लगाएका कारण चामलको आयात भने घटेको छ । 

सुदूरपश्चिममा चामल, मकै र तोरी आयात घट्दो, गहुँ तेब्बरले बढ्यो 

लगानी गर्दा दीर्घकालीन रुपमा हरित पूर्वाधारमा गर्न विज्ञहरूको सुझाव

नेपाल पूर्वाधार विकासको प्रारम्भिक चरणमा रहेकाले अब लगानी गर्दा दीर्घकालीन रुपमा हरित पूर्वाधार (ग्रिन इन्फ्रास्ट्रक्चर) मा जोड दिन सरोकारवालाहरुले सुझाव दिएका छन् । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघ (सीएनआई)को संयुक्त आयोजनामा राजधानीमा आयोजित नेपाल इन्फ्रास्ट्रक्चर सम्मेलन २०२४ को पहिलो सत्रमा विज्ञहरुले यस्तो सुझाव दिएका हुन् ।

लगानी गर्दा दीर्घकालीन रुपमा हरित पूर्वाधारमा गर्न विज्ञहरूको सुझाव

दमौलीमा खुल्यो तीन तारे स्तरको होटल

सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको व्यवस्थापनमा दमौलीमा तीन तारेस्तरको सिद्धार्थ होटल सञ्चालनमा आएको छ । सुविधा सम्पन्न होटल औपचारिक रूपमा बिहीबारदेखि सञ्चालनमा आएको हो ।

दमौलीमा खुल्यो तीन तारे स्तरको होटल

भूकम्प र कोभिडपछि खस्किएको अर्थतन्त्रमा सुधार भएको छ : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भूकम्प र कोभिडपछि खस्किएको अर्थतन्त्र पछिल्लो दुई वर्षमा सुधार भएको बताएका छन्।

भूकम्प र कोभिडपछि खस्किएको अर्थतन्त्रमा सुधार भएको छ : गभर्नर अधिकारी

'दक्षिण एसिया क्षेत्रमा अन्तरदेशीय पूर्वाधार आवद्धता नहुँदा व्यापार वृद्धिमा अवरोध'

नेपाल पूर्वाधार सम्मेलनको पहिलो दिनको दोस्रो सत्रका सहभागीहरुले दक्षिण एसिया क्षेत्रमा अन्तरदेशीय पूर्वाधार आवद्धता नहुँदा व्यापार वृद्धिमा अवरोध भइरहेको बताएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा बिहीबार राजधानीमा आयोजित नेपाल पूर्वाधार सम्मेलनको दोस्रो सत्रमा विज्ञहरुले अन्तरदेशीय पूर्वाधार आवद्धतामा जोड दिएका हुन् । 

'दक्षिण एसिया क्षेत्रमा अन्तरदेशीय पूर्वाधार आवद्धता नहुँदा व्यापार वृद्धिमा अवरोध'

आयोजना स्वीकृति प्रक्रियालाई व्यवस्थित बनाउन आवश्यक : अग्रवाल

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले निजी लगानी आकर्षित गर्न सरकारले आयोजना स्वीकृति प्रक्रियालाई व्यवस्थित बनाउन आवश्यक रहेको बताएका छन् ।पाँचौं नेपाल पूर्वाधार सम्मेलनका अवसरमा बिहीबार बोल्दै अग्रवालले परियोजना स्वीकृति प्रक्रिया सुव्यवस्थितसँगै राजनीतिक, नीतिगत जोखिम न्यूनीकरणमा ध्यान दिनुपर्ने बताएका हुन् ।

आयोजना स्वीकृति प्रक्रियालाई व्यवस्थित बनाउन आवश्यक : अग्रवाल

टिकटकले नेपालका लागि पब्लिक पोलिसी म्यानेजर खोज्दै

भिडियो सेयरिङ प्लाटफर्म टिकटकले नेपालका लागि पब्लिक पोलिसी म्यानेजर पदमा दरखास्त आह्वान गरेको छ । सरकार र नीति निर्माताहरूसँग सम्बन्ध स्थापित गर्नेदेखि टिकटक र यसका कन्टेन्ट क्रिएटरहरूलाई आवश्यक रणनीति बनाउने मूल जिम्मेवारीसहित टिकटकले पोलिसी म्यानेजर नियुक्त गर्न चाहेको हो । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० अनुसार सामाजिक सञ्जाल कम्पनीहरूले नेपालमा सम्पर्क बिन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियमन परिपालनाको निगरानी गर्ने अधिकारीको व्यवस्था गर्नुपर्छ ।

टिकटकले नेपालका लागि पब्लिक पोलिसी म्यानेजर खोज्दै

नेप्से परिसूचकमा ७८ दशमलव १७ अंकको वृद्धि

लगातार ओरालो लाग्दै आएको शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार भने उच्च अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ७८ दशमलव १७ अंकले उकालो लागेर दुई हजार छ सय ८८ दशमलव ३८ मा पुगेको हो । 

नेप्से परिसूचकमा ७८ दशमलव १७ अंकको वृद्धि

पर्यटनमन्त्रीद्वारा दिल्लीमा साइडलाइन वार्ता : नेपाल-भारतका विभिन्न शहरबीच हवाई सेवा सञ्चालन गर्न पहल

भारत भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल र भारतबीच थप हवाई प्रवेश मार्ग तथा दुई देशका विभिन्न शहरहरुबीच सिधा हवाई सम्पर्क स्थापना गर्ने विषयमा छलफल गरेका छन् ।

पर्यटनमन्त्रीद्वारा दिल्लीमा साइडलाइन वार्ता : नेपाल-भारतका विभिन्न शहरबीच हवाई सेवा सञ्चालन गर्न पहल

ग्रामीण क्षेत्रमा गरिबी न्यूनीकरण गर्न कृषिमा लगानी बढाउनुपर्छ : मन्त्री अधिकारी

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले ग्रामीण कृषकमाझ रहेको गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्नेमा जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशले बिहीबार विराटनगरमा गरेको कृषि एक्स्पो-२०८१ को उद्घाटन कार्यक्रममा मन्त्री अधिकारीले कृषि उत्पादन र उत्पादकत्व वृद्धिका लागि सरकारले कृषि लगानी दशक घोषणा गरेको बताए ।

ग्रामीण क्षेत्रमा गरिबी न्यूनीकरण गर्न कृषिमा लगानी बढाउनुपर्छ : मन्त्री अधिकारी

दमौलीमा सिद्धार्थको तीनतारे स्तरको होटल

सिद्धार्थ बिजेसन ग्रुप अफ हस्पिटालिटीको व्यवस्थापनमा तनहुँको दमौलीमा तीनतारे स्तरको ‘सिद्धार्थ होटल दमौली’ सञ्चालनमा आएको छ । सुविधा सम्पन्न होटल औपचारिक रूपमा बिहीबारदेखि सञ्चालनमा आएको हो ।

दमौलीमा सिद्धार्थको तीनतारे स्तरको होटल

राजस्व परिचालनमा कुनै कम्प्रमाइज हुने छैन : अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजश्वको लक्ष्य पूरा हुनेगरी काम गर्न निर्देशन दिएका छन् । काठमाडौंमा बिहीबार भन्सार विभागको कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो निर्देशन दिएका हुन् । 

राजस्व परिचालनमा कुनै कम्प्रमाइज हुने छैन : अर्थमन्त्री पौडेल

तोलामा एक सयले घट्यो सुनको मूल्य

स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा एक सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ५३ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५३ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ ।

तोलामा एक सयले घट्यो सुनको मूल्य