कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

महाकालीको बाढीले पुलको 'गाइड बण्ड' बगायो

भाद्र २९, २०८१
महाकालीको बाढीले पुलको 'गाइड बण्ड' बगायो

कञ्चनपुर — महाकाली नदीमा आएको बाढीले चार लेनको पक्की पुलको पोखरीको गाइड बण्ड (बाँध) भत्काएको छ । बाढीले पुलको उत्तरतर्फ भीमदत्त नगरपालिकापट्टिको करिब डेढ सय मिटरभन्दा बढी बाँध भत्काएको हो । ‘बाँध भत्के पनि पहुँच मार्गमा धेरै असर गर्दैन, बाढी घट्दै गएको छ, रोकथामको प्रयास भइरहेको छ,’ पुल निर्माण कम्पनी सीएफईसी जेभीका इन्जिनियर किशोर पाण्डेयले भने ।

पाण्डेयका अनुसार शनिबार बिहानदेखि गाइड बण्डमा कटान सुरु गरेको हो । महाकालीमा पानीको बहाव घट्दो भए पनि कटान नरोकिएको उनले बताए । शनिबार साँझ महाकालीमा पानीको बहाव १ लाख ६१ हजार क्यूसेक पुगेको छ । शनिबार पानीको बहाव ४ लाख ६१ हजार क्यूसेक पुगेको थियो ।

महाकालीमा निर्माण गरिएको चार लेनको पक्की पुलको दुवैतर्फ ६/६ सय मिटर चौडा पोखरी निर्माणाधीन छन् ।

प्रकाशित : भाद्र २९, २०८१ २०:३६
×