कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

परराष्ट्रमन्त्री राणा क्यानडा जाँदै

भाद्र २९, २०८१
परराष्ट्रमन्त्री राणा क्यानडा जाँदै

न्युयोर्क — परराष्ट्रमन्त्री आरजु राणा देउवा क्यानडा भ्रमणमा निस्कने भएकी छन् । क्यानडाको टोरन्टोमा हुने वुमेन्स फरेन मिनिस्टर्स मिटिङ (महिला परराष्ट्रमन्त्रीहरुको बैठक) मा सहभागी हुन लागेकी हुन् ।

परराष्ट्र स्रोतका अनुसार राणाले असोज ३ मा उक्त कार्यक्रममा नेपालको परराष्ट्रमन्त्रीको हैसियतमा सम्बोधन गर्नेछिन् । त्यसपछि उनी संयुक्त राष्ट्र संघको ७९ औं महासभा र समिट अफ द फ्युचरमा भाग लिन असोज ५ को बिहान न्युयोर्क आउने कार्यक्रम रहेको छ ।

प्रकाशित : भाद्र २९, २०८१ २०:०७
×