कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

विद्युतीय कारोबार ऐन उल्लंघन आरोपमा दुर्गा प्रसाईंसहित ३ जनाविरुद्ध पक्राउ पुर्जी 

आश्विन २, २०८१
विद्युतीय कारोबार ऐन उल्लंघन आरोपमा दुर्गा प्रसाईंसहित ३ जनाविरुद्ध पक्राउ पुर्जी 

काठमाडौँ — विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघनको आरोपमा दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । 

काठमाडौं जिल्ला अदालतले प्रसाईं, जीवन पाण्डे र प्रकाशचन्द्र दाहाललाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । उनीहरुमाथि विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघन गरेको आरोपमा प्रहरीले पक्राउका लागि अनुमति माग गरेअनुसार न्यायाधीश महेन्द्र काफ्लेको इजलासले पुर्जी जारी गरेको जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले बताए ।

*यसअघि पक्राउ पुर्जी जारी भएका तीनमध्ये एक व्यक्ति प्रकाशचन्द्र दाहाल हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ ।

प्रकाशित : आश्विन २, २०८१ १६:४९
x
×