कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

प्रस्तावित १६ राजदूत सुनुवाइ समितिबाट अनुमोदित, ४ जनाको नाममा जसपा नेपाल र रास्वपाको फरक मत

आश्विन ३, २०८१
प्रस्तावित १६ राजदूत सुनुवाइ समितिबाट अनुमोदित, ४ जनाको नाममा जसपा नेपाल र रास्वपाको फरक मत

काठमाडौँ — संसदीय सुनुवाइ समितिले  प्रस्तावित १६ जना राजदूतहरूको नाम अनुमोदन गरेको छ । सरकारबाट १७ जना प्रस्तावित राजदूतमध्ये १२ जना सर्वसम्मत र ४ जना बहुमतले अनुमोदन भएका हुन् । श्रीलंकाका लागि प्रस्तावित रामकृष्ण भट्टराईको स्नातक तहको प्रमाणपत्र नभेटिएपछि अर्को बैठकमा मात्र निर्णय गर्ने गरी स्थगन भएको छ ।

रास्वपाले तीन र जसपाले चार राजदूतलाई अनुमोदन गर्न अस्वीकार गरेका छन् । फरकमत राखेका प्रस्तावित राजदूतमा बहुमतले निर्णय गरेपछि रास्वपाका डीपी अर्याल र जसपाका प्रकाश अधिकारीले फरकमत राखेका छन् । रास्वपाले दक्षिण अफ्रिकाका प्रस्तावित राजदूत कपिलमान श्रेष्ठ, मलेसियाका लागि प्रस्तावित राजदूत नेत्रप्रसाद तिमल्सिना र इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डितको नाममा फरकमत राखेका थिए भने जसपा, नेपालका अधिकारीले यी तीनसहित भारतका लागि प्रस्तावित राजदूत शंकर शर्माको नाममा पनि फरकमत राखेका छन् ।

दक्षिण कोरियामा शिवमाया तुम्बाहाङ्फे, रुसमा जंगबहादुर चौहान, पोर्चुगलमा प्रकाशमणि पौडेल, पाकिस्तानमा रीता धिताल, जर्मनीमा डा. शैल रूपाखेती, डेनमार्कमा सुम्निमा तुलाधर, चीनमा प्रा. कृष्णप्रसाद ओली, साउदी अरबमा नरेशविक्रम ढकाल, कतारमा रमेशचन्द्र पौडेल, स्पेनमा सलिन नेपाल, बेलायतमा चन्द्रकुमार घिमिरे र अमेरिकामा लोकदर्शन रेग्मीलाई अनुमोदन गर्नेमा समितिले सर्वसम्मत निर्णय गरेको हो ।

संसदीय सुनुवाइ समितिमा रास्वपा र जसपा, नेपालले राखेको फरकमत :



प्रकाशित : आश्विन ३, २०८१ १४:४३
×